Nepal Life

कतार पठाउने भनी दुई लाख ९० हजार ठगी गर्ने पक्राउ

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Tue 16:04
कतार पठाउने भनी दुई लाख ९० हजार ठगी गर्ने पक्राउ
Sanima Reliance

काठमाडौं । प्रहरीले कतार पठाउने भनी दुई लाख ९० हजार रुपियाँ रकम ठगी गर्ने २४ वर्षीय मनोजकुमार साहलाई पक्राउ गरेको छ ।

NIMB

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार सिराहाका विष्णुपुर गाउँपालिका वडा नं. ३ स्थायी घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका वडा नंं. ४ इमाडोल बस्ने साहलाई पक्राउ गरेको छ  ।

साहले कतार जान प्रतिव्यक्ति दुई लाख ९० हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि एक कम्पनीमा मासिक तलब ४५ लाख रुपियाँ हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया