Nepal Life

सामाजिक सुरक्षा कोष र एचआइडिसिएलबिच जलविद्युत आयोजनामा लगानी सम्बन्धी सम्झौता

Global Ime detail Page
  • BFIS News
  • 2024 Jan Wed 21:28
सामाजिक सुरक्षा कोष र एचआइडिसिएलबिच जलविद्युत आयोजनामा लगानी सम्बन्धी सम्झौता
Sanima Reliance

काठमाडौं । सामाजिक सुरक्षा कोष र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) बिच लगानीमा सहकार्य गर्नेबारे सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 

NIMB

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र एचआइडिसिएलका अधिकृत अर्जुनप्रसाद गौतमबिच मङ्गलबार सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो । 

यस प्रकारको सम्झौतासँगै अर्बौं रुपियाँ लगानीयोग्य रकम रहेको कोषले जलविद्युत् क्षेत्रलगायतका ठुला आयोजनामा लगानी गर्ने बाटो खुलेको छ । निजी क्षेत्रबाट कोषको ठुलो रकम विकास आयोजनामा खर्च गर्नुपर्ने भन्ने कुरा उठिरहेका बेलामा कोष र एचआइडिसिएलबिच सम्झौता भएको छ । 

कोष र एचआइडिसिएलबिच भएको सम्झौतामा उक्त कम्पनीले आयोजनासहित प्रस्ताव पेस गर्ने र उक्त आयोजना ठिक लागेमा कोषको पैसा लगानी सकिने बाटो खुलेको छ । लगानी गर्नेसम्बन्धी यस प्रकारको सम्झौता पहिलो पटक एचआइडिसिएलसँग सम्झौता गरेर सुरु गरेको हो । 

सम्झौतामा दुवै पक्ष आआफ्नो प्रचलित नीति, नियम तथा निर्णयको अधीनमा रही जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको विकास, प्रसारण तथा वितरणसँग सम्बन्धित आयोजनामा सहवित्तीयकरणमा सहभागी भई ऋण लगानी गर्ने र अन्य साझेदारी गर्नेलगायतका विषय उल्लेख गरिएको छ ।

त्यसो त कोषमा रहेको रकम निरन्तर बढिरहेको अवस्थामा लगानीयोग्य रकम थुप्रिएर बसेको छ ।  सामाजिक सुरक्षा ऐनले तोकेको क्षेत्राधिकार सुरक्षित एवं दिगो प्रतिफलयुक्त तरिकाले कोषले लगानी गर्न सक्ने छ । उक्त रकम लगानी गरेर योगदानकर्तालाई दिगो प्रतिफल दिन तथा राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी गरी आर्थिक विकासमा टेवा पुर्याउन सम्झौता गरिएको कोषले जनाएको छ ।

नेपाल सरकारको स्वामित्व र नियन्त्रणमा रहेको एचआइडिसिएल, आन्तरिक तथा बाह्य क्षेत्रबाट वित्तीय स्रोत परिचालन गरी जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको विकास, प्रसारण, वितरण तथा व्यापारसँग सम्बन्धित आयोजनामा ऋण तथा स्वपुँजी लगानी गर्दै आएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया