Nepal Life

अपर तामाकोशीले शेयर नपरेकाको पैसा माघ २२ गतेदेखि फिर्ता गर्ने, करिव एक अर्ब प्रिमियम संकलन

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Sat 18:33
अपर तामाकोशीले शेयर नपरेकाको पैसा माघ २२ गतेदेखि फिर्ता गर्ने, करिव एक अर्ब प्रिमियम संकलन
Sanima Reliance

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले अक्समा शेयर नपरेका लगानीकर्ताको पैसा यहि माघ २२ गतेदेखि मात्रै फिर्ता गर्ने भएको छ । कम्पनीको अक्सन शेयरमा ७ अर्ब भन्दा धेरैको आवेदन परेको छ ।

 

NIMB

एक करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर बिक्रीका लागि आह्वान गर्दा १४७ रुपैयाँ भन्दा माथि आवेदन दिने सबैले प्राप्त गरेका छन् । यस हिसावले अक्सनबाट मात्रै कम्पनीले ८० करोड भन्दा धेरै प्रिमियम संकलन गरेको छ । कम्पनीले यसबाट पनि पूँजी जुटाउन सफल भएको छ ।

लिलामीमा ३० हजारभन्दा बढीले आवेदन दिएका थिए । कम्पनीले पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । 

जसमध्ये सर्वसाधारण समूहलाई छुट्याइएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गरेका हुन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया