Nepal Life

ग्लोबल आइएमई लघुवित्तको मुनाफा २६.५८ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी १५.४६ रुपैयाँ

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Sun 11:47
ग्लोबल आइएमई लघुवित्तको मुनाफा २६.५८ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी  १५.४६ रुपैयाँ
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई लघुवित्तको नाफा २६.५८% ले घटेर ४ करोड ७८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले ६ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।

NIMB

यसअवधिमा खुद ब्याज आम्दानी १०.५०% ले बढेर २८ करोड ६३ लाख रुपैयाँ पुगेको छ । इम्पेयरमेन्ट चार्ज ७ करोडबाट बढेर १० करोड ५९ लाख रुपैयाँ पुगेपछि सञ्चालन नाफा २६.६६% ले घटेको छ । जसका कारण खुद नाफा प्रभावित बनेको हो । हाल यसको चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

रिजर्भ कोष २५.७५% ले घटेर ५० करोड १८ लाख रुपैयाँमा आएको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ८.१२ रुपैयाँले घटेर  १५.४६ रुपैयाँ कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १८१.०९ रुपैयाँ छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया