Nepal Life

अपर तामाकोशीको लिलामीमा प्रतिकित्ता ४०० रुपैयाँसम्मको आवेदन !

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Sun 18:13
अपर तामाकोशीको लिलामीमा प्रतिकित्ता ४०० रुपैयाँसम्मको आवेदन !
Sanima Reliance

काठमाडौं । अपर तामाकोशीको लिलाममा प्रतिकित्ता ४०० रुपैयाँसम्मको आवेदन परेको पाइएको छ । एक जना लगानीकर्ताले १३० कित्ताको लागि ४०० रुपैयाँको दरले आवेदन दिएका हुन् । जवकी दोस्रो बजारमा कम्पनीको शेयर मूल्य २०७ रुपैयाँ रहेको छ । उक्त लगानीकर्ताले झण्डै दोब्बरले नोक्सानी बेहोरेका छन् । 

NIMB

कम्पनीले पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । ३० हजार भन्दा धेरैले दिएको आवेदनमा कट अफ प्राइस नै १४७ रुपैयाँ रहेको छ । १४७ रुपैयाँ भन्दा माथिको आवेदन दिने सबैले मागेजति शेयर प्राप्त गरेका छन् । ७ अर्ब भन्दा माथिको लागि आवेदन परेकोमा शेयर नपरेका लगानीकर्ताको पैसा भोलि सोमबारबाट फिर्ता गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ । 

कम्पनीले गएको भदौ १८ गतेदेखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । यसरी बिक्री नभएको हकप्रद शेयर लिलामी मार्फत बिक्री गर्दा कम्पनीले झण्डै एक अर्ब रुपैयाँ प्रिमियम संकलन गरेको छ । ७३ अर्ब भन्दा धेरै दीर्घकालिन कर्जा रहेको कम्पनीले हकप्रद मार्फत संकलन भएको १० अर्ब र प्रिमियम मार्फत आर्जन भएको झण्डै एक अर्ब रुपैयाँ पैसा उक्त कर्जा भुक्तानीमा प्रयोग गर्ने जनाएको छ । 

यस सँगै कम्पनीको व्याज खर्चमा कमि आउनेछ । जसको प्रभाव मुनाफामा देखिनेछ । कम्पनीले एक वर्षमा ४ अर्ब भन्दा धेरै मुनाफा आर्जन गर्ने प्रक्षेपण गरिएको छ । अझ विद्युत बिक्री गरेर १० अर्ब हाराहारी आर्जन गर्ने देखिन्छ । कम्पनीको आयोजना प्रारम्भिक चरणमा रहेकाले ठुलो रकम डिप्रिसेसनमै छुट्टाउनु पर्ने बाध्यता छ । आगामी वर्षमा यस्तो रकम विस्तारै घट्दै जाने र मुनाफामा सुधार हुनेछ । लगानीकर्ताले अवको दुई तीन वर्षमा लाभांश पाउने गरि कम्पनीले मुनाफा आर्जन गर्न सक्ने विश्वास गरिएको छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया