म्युचुअल फन्डले माण्डु हाइड्रोपावरको शेयर फागुन २३ पछि मात्रै बिक्री गर्न पाउने

  • BFIS News
  • 2024 Feb Mon 10:40
म्युचुअल फन्डले माण्डु हाइड्रोपावरको शेयर फागुन २३ पछि मात्रै बिक्री गर्न पाउने

काठमाडौं । म्युचुअल फण्डहरुले आरक्षणमा पाएको माण्डु हाइड्रोपावर लिमिटेडको आइपिओ आगामी मंसिर २३ गतेदेखि मात्रै बिक्री गर्न पाउने भएका छन् । 

म्युचुअल फन्डलाई  बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि फागुन २३ गते सकिदै छ । लक इन अवधि सकिएपछि म्युचुअल फन्डले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

 कम्पनीका अनुसार हाल २२ हजार ९३५ कित्ता सेयर म्युचुअल फन्डहरुको ‘लक इन’ रहेको छ । नेपाल धितोपत्र बोर्डले गत कात्तिक २० गते म्युचुअल फन्डहरुलाई बिक्री गरेको आइपीओ ६ महिनासम्म ‘लक इन’ राख्नु पर्ने व्यवस्था गरेको थियो । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार