Nepal Life

चिमिमे हाइड्रोको मुनाफा ५.५१ प्रतिशतले घट्यो, इपिएस ९.४० रुपैयाँ

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Mon 10:52
चिमिमे हाइड्रोको मुनाफा ५.५१ प्रतिशतले घट्यो, इपिएस ९.४० रुपैयाँ
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा चिलिमे जलुविद्युतको खुद नाफा ५.५१ प्रतिशतले घटेर ३७ करोड ९१ लाख ४१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४० करोड १२ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी घटेकाले खुद नाफा प्रभावित भएको हो । 

NIMB

एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी २.०६ प्रतिशतले घटेर ६१ करोड २० लाख ३७ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष यस कम्पनीले विद्युत् बिक्रीबाट ६२ करोड ४८ लाख ९४ हजार रुपैयाँ थियो । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा न्यून अतिरिक्त विद्युत उर्जा खरिद गरेका कारण कम्पनीको विद्युत बिक्री आम्दानी घटेको कम्पनीले जनाएको छ । 

पुस मसान्तसम्म आइपुग्दा चिलिमे जलुविद्युतको चुक्ता पुँजी ७ अर्ब ९८ करोड ३९ लाख ९७ हजार रुपैयाँ रहेको छ । यसअवधिमा नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ३४ पैसाले घटेर ९ रुपैयाँ ४० पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ८० पैसा छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया