NIMB Header 2
Nepal Life

माईपे मनि ट्रान्सफरले पायो रेमिट्यान्स भित्राउने लाइसेन्स

National Life
  • BFIS News
  • 2024 Feb 07 05:33
माईपे मनि ट्रान्सफरले पायो रेमिट्यान्स भित्राउने लाइसेन्स
Sanima Reliance

काठमाडौं । माईपे मनि ट्रान्सफरले नेपाल राष्ट्र बैंकबाट विप्रेषण (रेमिट्यान्स) भित्राउने लाइसेन्स प्राप्त गरेको छ । लाइसेन्स पाएसँगै कम्पनीले अस्ट्रेलिया, कोरिया, मलेसिया, जापान, अमेरिका, क्यानडा तथा युरोपेली देशहरुबाट नेपालमा रेमिट्यान्स भित्राउने योजना बनाएको छ । यससँगै केही दिनभित्र नै व्यावसायिक कारोबार संचालन गर्ने कम्पनीले जनाएको छ ।

Shikhar
NIMB

‘हामीले विदेशबाट डिजिटल माध्यमबाटनै नेपालको कुनैपनि बैंक खातामा रकम पठाउन मिल्ने सिस्टम बनाएका छौं,’ माईपे मनि ट्रान्सफरका डिरेक्टर अफ सेल्स किरण भट्टराईले भने, ‘युवाहरुलाई लक्षित गरी सुरक्षित र विश्वासिलो रेमिट्यान्स कम्पनी बन्ने हाम्रो पहिलो लक्ष्य हो ।’ यसका साथै माईपे मनि ट्रान्सफरमा पैसा पठाउँदा विभिन्न वालेटबाट पे आउट गर्न मिल्ने तथा १० हजार भन्दा बढी भौतिक एजेन्टबाट समेत रकम प्राप्त गर्न सकिने कम्पनीको भनाइ रहेको छ । परम्परागत रुपमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई नयाँ आयाम दिदै न्युनतम लागतमा रेमिट्यान्स पठाएर आफ्ना ग्राहकहरुलाई अतिरिक्त लाभ महसुस गराउने कम्पनीको योजना रहेको भट्टराईले बताए । 

नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ जारी भएपश्चात पहिलो कम्पनीका रुपमा माईपेले लाइसन्स प्राप्त गरेको हो । नयाँ विनियमावलीमा नेपाल राष्ट्र बैंकले रेमिट्यान्सको लाइसन्सको लागि २ कारोड चुक्ता पूजीलाई बढाएर १० करोड पुर्याएको थियो ।

माईपे मनि ट्रान्सफरले लाइसन्स पाएसँगै हालसम्म रेमिट्यासका कारोबारका लागि ३७ वटा कम्पनीहरुले इजाजतपत्र प्राप्त गरेका भएपनि हाल २१ कम्पनीहरुको मात्रै संचालनमा रहेका छन् ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया