महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त, २८ वर्षको अनुभव

  • BFIS News
  • 2024 Feb Wed 15:40
महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त, २८ वर्षको अनुभव

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । बैंकको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले लम्साललाई आगामी चार वर्षको लागि नियुक्त गरेको हो । 

बैंककोे वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहनुभएको लम्साल तत्कालीन प्रमुख कार्यकारी अधिकृतको राजिनामा पश्चात संचालक समितिको निर्णय बमोजिम निमित्त प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहदै आएका थिए । 

बैंक परिवारको तर्फबाट केन्द्रिय कार्यालय, दरबारमार्गमा स्वागत कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिवद्धता जनाएका छन् । साथै उँनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन समेत आग्रह गरेका छन् । 

विगत १५ वर्ष देखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ बर्षको बैकिङ्ग अनुभव रहेको छ ।
 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार