आगलागीमा परी अछाममा दुई बालबालिकाको मृत्यु
- BFIS News
 - 2024 Feb 08 05:20
 
                    
काठमाडौं । गोठभित्रमा सल्किएको आगोमा परेर अछामको मेल्लेख गाउँपालिकामा दुई बालबालिकाको जलेर बुधबार बेलुकी निधन भएको छ । मेल्लेख गाउँपालिका दर्वा निवासी छ वर्षीया निरुता बुढा र तीन वर्षीय अंकित बुढाको निधन भएको हो ।
मृत्यु हुनेमा झंकरे बुढाकी नातिनी र जगत बुढाका छोरा भएको अछाम प्रहरीका निरीक्षक राजेन्द्रबहादुर साउदले जानकारी दिनुभयो । बेलुकी करिब ६ः१० बजेतिर स्थानीय जयबहादुर बुढा र झंकरे बुढाको घरगोठको ढोकामा बालेको आगो गोठमा राखेको खरमा सल्किएर आगो लागेको थियो ।
घरमा आगो लागेर आफूले दुई जना बच्चाको मृत्यु भएको सुनेको तर बिरामी भएर आफूले त्यस घटनाका बारेमा थप जानकारी नपाएको वडा अध्यक्ष नौले रावलको भनाइ छ ।
                        ![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







                                                            
                                                            
                                                            
                                                            
                                                            









प्रतिक्रिया