Nepal Life

सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आइपीओमा आवेदन दिने आज अन्तिम दिन, सर्वसाधारणका लागि छिट्टै आउने

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Thu 07:07
सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आइपीओमा आवेदन दिने आज अन्तिम दिन, सर्वसाधारणका लागि छिट्टै आउने
Sanima Reliance

काठमाडौं । सर्वोत्तम सिमेन्टले प्रभावित क्षेत्रका बासिन्दाका लागि आजसम्म मात्रै आइपिओ निष्काशन गर्ने भएको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले यस कम्पनीको बुक बिल्डिङ विधिको आइपीओमा आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।

NIMB

सर्वोत्तमले पुस २५ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको हो । स्थानीय बासिन्दाका लागि ९ लाख ३० हजार कित्ता बिक्रीमा ल्याएको हो । 

सर्वोत्तमको आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ । यस आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड छन् । सर्वोत्तम सिमेन्टले पहिलो पल्ट बुक बिल्डिङ विधिबाट आइपीओ जारी गरेको हो । 

यसमा उद्योग प्रभावित क्षेत्र नवरपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् । त्यस्तै, रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं ७ र ८ तथा निस्दी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाको लागि छुट्याएको छ ।

सर्वोत्तमको आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ । उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले नवलपरासी जिल्लाको ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

यस्तै, खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले पाल्पा जिल्लाको ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले सर्वोत्तमलाई वित्तीय दायित्व वहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउने ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ ।

कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीका लागि निष्काशन भएको शेयरको बाँडफाँट भइसकेको छ । प्रभावित क्षेत्रका लागि निष्काशन भएको शेयर बाँडफाँट हुने वित्तीकै कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्ने छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया