Nepal Life

हाथवे इन्भेष्टमेन्ट नोक्सानमा, वित्तीय सूचकमा सुधार हुन अझै बाँकी

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Sun 07:00
हाथवे इन्भेष्टमेन्ट नोक्सानमा, वित्तीय सूचकमा सुधार हुन अझै बाँकी
Sanima Reliance

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट कम्पनी अझै पनि नोक्सानमा देखिएको छ । कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ करोड ३५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।

NIMB

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.३५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ६ करोड ४९ लाख रुपैयाँ थियो।

आम्दानी घटेसँगै कम्पनीको खुद नाफा ऋणात्मक भएको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ५९ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ४८.१८ प्रतिशत घटेको छ भने कुल खर्च १५.०५ प्रतिशत बढेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ८३ रुपैयाँ ४ पैसा रहेको छ। १ अर्ब १७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७० करोड ७५ लाख रुपैयाँ सञ्चित छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया