Nepal Life

सर्वोच्चको आदेश पछि जनयुद्ध दिवसमा विदा नदिने सरकारको निर्णय

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Mon 14:05
सर्वोच्चको आदेश पछि जनयुद्ध दिवसमा विदा नदिने सरकारको निर्णय
Sanima Reliance

काठमाडौं । सर्वोच्च अदालतको आदेश पछि सरकारले जनयुद्ध दिवसको दिन अर्थात भोलि फागुन एक गते सार्वजनिक विदा नरहेको जनाएको छ । 

NIMB

गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै जनयुद्ध दिविको बिदा कायम नरहेको जनाएको हो । गृहका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को २०८० माघ २५ गते बसेको बैठकको निर्णय अनुसार जनयुद्ध दिवसको सार्वजनिक बिदा नदिइएको जानकारी दिएका छन् । 

नेपाल राजपत्र (खण्ड ७२, सङ्ख्या ६५, भाग ५ र मिति २०७९–१२–०२ मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको जारी सूचनामा उल्लेख छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया