Nepal Life

एक सातादेखि घट्दै सुनको मूल्य, एक लाख १८ हजार रुपैयाँमा कारोबार

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Mon 14:11
एक सातादेखि घट्दै सुनको मूल्य, एक लाख १८ हजार रुपैयाँमा कारोबार
Sanima Reliance

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा कमी आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा समेत कमी आएको हो । लामो समयदेखि बढ्दै गएको सुनको मूल्य पछिल्लो एक सातादेखि घट्दै गएको हो । 

NIMB

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो एक साताको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा एक हजार पाँच सय रुपियाँले कमी आएको हो । एक साताको अवधिमा सुनको मूल्य निरन्तर घट्दै गएको तथ्याङ्कले देखाएको छ । महासङ्घका अनुसार गत साता प्रतितोला एक लाख १९ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य आइतबार घटेर एक लाख १८ हजार रुपियाँमा कारोबार भएको हो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रतिऔँस दुुई हजार २४ डलरमा कारोबार भएको छ । बजारमा सुनको मूल्य घटे पनि कारोबार भने बढ्न नसकेको व्यवसायीको भनाइ छ । माघ महिना लगनको सिजनमा पनि कारोबार बढ्न नसकेको व्यवसायीको भनाइ छ । 

आर्थिक मन्दीको प्रभावसँगै उपभोक्ताको क्रयशक्ति बढ्न नसक्दा सुनको कारोबार बढ्न नसकेको व्यवसायीको भनाइ छ । लगनको सिजन भए पनि न्युरोडका सुन पसलमा चहलपहल भने न्यून देखिन्छ । 

यसैबिच चाँदीको मूल्यमा समेत कमी आएको छ । गत साता प्रतितोला एक हजार ४१५ रुपियाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार घटेर प्रतितोला एक हजार ३९० रुपियाँमा कारोबार भइरहेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया