NIMB Header 2
Nepal Life

प्रभु महालक्ष्मी लाइफले बीलम्ब शुल्कमा ६० प्रतिशत छुट दिने

National Life
  • BFIS News
  • 2024 Feb 12 21:11
प्रभु महालक्ष्मी लाइफले बीलम्ब शुल्कमा ६० प्रतिशत छुट दिने
Sanima Reliance

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बीलम्ब शुल्कमा ६० प्रतिशत छुट दिने भएको छ । कम्पनीका नविकरण बीमा शुल्क भुक्तानी गर्नुपर्ने बीमालेखहरु मोहलत अवधि नाघि व्यतित भइ पुनर्जागरणको लागि तोकिएको प्रक्रिया पुरा गरी २०८० फागुन एक गतेदेखि १५ गतेसम्मका लागि नविकरण बीमा शुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण शुल्कमा लाग्ने शुल्कमा ६० प्रतिशत छुट प्रदान गर्ने भएको हो ।

Shikhar
NIMB

यस योजनमा समावेश भइ पुनर्जागरण भएका बीमालेखहरु पुनर्जागरण भएको २ वर्ष भित्र समर्पण गर्न आएमा प्रदान गरेको बिलम्ब शुल्क छुटको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ ।

यस भन्दा पहिले बिलम्ब छुट सुविधा प्राप्त गरिसकेका बीमालेखलाई यस योजनामा समावेश नगरिने कम्पनीले जनाएको छ । साथै यस छुट योजनामा सहभागी भइ छुट प्राप्त गर्ने बीमितहरुलाई पुरा बीमा अवधिभर पुनः व्याज छुट प्रदान गरिने छैन । कम्पनीले बीमा पोलसी ल्याप्सेस घटाउन समय समयमा यस्ता छुटका स्किमहरु सार्वजनिक गर्ने गरेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया