Nepal Life

मर्जर पछि कम्पनी गाभिदा निर्जीवन बीमा कम्पनीको मुनाफा ४८ प्रतिशतले बढ्यो, शेयर र जग्गा बिक्रीको प्रभाव

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Tue 05:15
मर्जर पछि कम्पनी गाभिदा निर्जीवन बीमा कम्पनीको मुनाफा ४८ प्रतिशतले बढ्यो, शेयर र जग्गा बिक्रीको प्रभाव
Sanima Reliance

काठमाडौं । मर्जर पछि कम्पनी गाभिदा निर्जीवन बीमा कम्पनीहरुको मुनाफामा सुधार देखिएको छ । मर्जर अगाडी साविक लिडर कम्पनीको मुनाफा सँग हालको मुनाफा तुलना गर्दा मर्जर गरेका कम्पनीहरुको मुनाफामा उल्लेख्य सुधार देखिएको हो ।

NIMB

नेपाल इन्स्योरेन्स कम्पनी लगायत केहि कम्पनीले शेयर र जग्गा बिक्री गरेर मुनाफा बढाएका छन् । प्रभु इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले नेपाल पुनर्बीमा कम्पनीको शेयर बिक्री गरेर मुनाफामा उल्लेख्य बृद्धि भएको देखाएका छन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ७८ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका १३ कम्पनीको खुद मुनाफा ४८.६४ प्रतिशतले बढेको दखिएको छ । गएको आर्थिक वर्षमा यिनै कम्पनीहरुले एक अर्ब ८७ करोड मुनाफा आर्जन गरेका थिए ।

खुद नाफा आर्जन गर्नेमा नेपाल इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीले समीक्षा अवधिसम्म ४९ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । दोस्रो स्थानमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । यो कम्पनीले दोस्रो त्रैमाससम्ममा ४२ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । ३६ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ ।  

यो अवधिसमम सबैभन्दा थोरै खुद नाफा एनएलजी इन्स्योरेन्सले कमाएको छ । कम्पनीले ८ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । दोस्रो त्रैमाससम्म नेशनल इन्स्योरेन्स भने १ करोड ७ लाख रुपैयाँ घाटामा रहेको छ ।  

मर्जरका कारण यस वर्ष सिद्धार्थ प्रिमियर, सगरमाथा लुम्बिनी, हिमालयन एभरेष्ट, आइजिआइ प्रुडेन्सियल, युनाइटेड अजोड र सानिमा जिआइसीको मुनाफामा सुधार देखिएको छ । यस वर्ष अधिकाम्स निर्जीवन बीमा कम्पनीहरुले शेयर बजारबाट पनि राम्रो लाभ निकाल्न सफल देखिएका छन् ।

यस वर्ष नेपाल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा कम्पनीको प्रतिशेयर आम्दानीमा उल्लेख्य सुधार देखिन्छ । तर यो अल्पकालिन आम्दानी भएकाले प्रतिशेयर आम्दानीले अर्को पटक निरन्तरता पाउन मुस्किल छ ।

समीक्षा अवधिसम्म राष्ट्रिय बीमा कम्पनीको प्रतिसेयर आम्दानी९ईपीएस० ३२०।४८ रुपैयाँ रहेको छ । ईपीएस धेरै हुनेमा नेपाल इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीको ईपीएस ६०।५५ रुपैयाँ कायम भएको छ ।  

यसैगरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स २५।७५ रुपैयाँ ईपीएसका साथ तेस्रो स्थानमा रहेको छ । शिखर इन्स्योरेन्सको ईपीएस १८।९२ रुपैयाँ कायम भएको छ । नेको इन्स्योरेन्सले भने चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छैन । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया