Nepal Life

आई एम. ई लाइफद्धारा माघ महिनामै ९३ लाख ३२ हजारको दाबी भुक्तानी, छोटो समयमै झन्झटरहित सेवा प्रदान

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Tue 12:47
आई एम. ई लाइफद्धारा माघ महिनामै ९३ लाख ३२ हजारको दाबी भुक्तानी, छोटो समयमै झन्झटरहित सेवा प्रदान
Sanima Reliance

काठमाडौं । आई. एम.ई लाइफ इन्स्योरेन्स कम्पनीले माघ एक महिनामै ९३ लाख ३२ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीले २२ वटा पोलिसी मार्फत उक्त दाबी भुक्तानी गरेको हो । 

NIMB

दाबी परेको छोटो समयमा ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको छ । नयाँ जीवन बीमा कम्पनीहरु मध्ये आक्रामक रुपमा बजार विस्तार गरिरहेको कम्पनीले गएको आर्थिक वर्षमा बीमा कम्पनीहरु मध्येकै पहिलो पटक प्रिमियममा आइपिओ निष्काशन गरेको थियो । 

शेयरधनीहरु सँग संकलन गरेको प्रिमियमबाट कम्पनीले आफ्नो क्षमता बढाएको छ । यसले शेयरधनी मात्रै होइन बीमितहरुलाई पनि राम्रो फाइदा पुर्याएको छ । जीवन बीमा कम्पनीहरुको पूँजीकोष जति धेरै भयो त्यतिराम्रो मानिन्छ । बीमितहरुको अर्बौ रुपैयाँको दायित्व बहन गर्ने भएकाले पनि कम्पनीको पूँजीकोष ठुलो हुनु पर्छ । कम्पनीले बीमा मात्रै गरिरहेको छैन बीमा सम्बन्धी सेवा सुविधामा पनि उत्तीकै ध्यान पुर्याउदै आएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया