चौधरी समुहले सार्वजनिक गर्यो एवोन विद्युतीय गाडी,मूल्य ५४ लाख ९९ हजार

  • BFIS News
  • 2024 Feb Tue 19:28
चौधरी समुहले सार्वजनिक गर्यो एवोन विद्युतीय गाडी,मूल्य ५४ लाख ९९ हजार

काठमाडौं । नेपालमा सवारीसाधन बिक्रीमा आक्रामक बन्दै गएको चौधरी समुहले नयाँ विद्युतीय गाडी ब्रान्ड एवोन वाई नेपाल भित्र्याएको छ । मंगलबार थापाथली स्थित नयाँ शोरुम उदघाटन गर्दै जीएसी आयन ब्राण्डको इभी बिक्री सुरु गरेको हो । चौधरी समुहले यस अघि नै नेटा भि इभि भित्र्याइसकेको छ ।

छोटो समयमा राम्रो लोकप्रियता पाएको नेटापछि चौधरी समुहले नयाँ ब्रान्ड ल्याएको हो । यो गाडीको लम्बाई ४५३५०एमएम, चौडाई १८७० एमएम र उचाई १६५० एमएम छ ।

यसमा २७५० एमएमको ह्वीलवेस पाउन सकिन्छ । यसलाई कम्पनीले १८ र १९ इन्चको ह्वील अप्सनमा चीनमा बिक्री गर्दै आएको छ । चिनियाँ बजारमा उपलब्ध एवोन–वाईको ग्राउन्ड क्लियरेन्स १८३ एमएम मात्रै छ ।

कम्पनीले यसमा १०.२५ इनचको ड्राइभर इन्फर्मेसन डिस्प्ले र १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिएको छ । कप होल्डर, वायरले चार्जर पनि यसमा पाउन सकिन्छ । जीएसी एवोन वाईमा ६१.५किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ ।

यसलाई सिंगल चार्जमा ५०० किलोमिटर गुडाउन सकिन्छ । यसमा मोटर पनि १०० किलोवाटको छ । यसको पीकटर्क भने १७६ एनएम छ । चौधरी समुहले ल्याएको यो गाडीको मूल्य ५४ लाख  ९९ हजार तोकेको छ । चौधरी समुहले यो सहित स्मार्ट ब्रान्डको विद्युतीय गाडी पनि नेपाली बजारमा भित्र्याउदै छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार