Nepal Life

सामान्य अंकले बढ्यो नेप्से

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Wed 15:35
सामान्य अंकले बढ्यो नेप्से
Sanima Reliance
NIMB

 

सेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ९१ अंकले बढेको छ । यो सँगै परिसूचक २ हजार ७६ दशमलव ५० विन्दुमा पुगेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.२७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंक बढेको छ।

यस दिन १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ६.५६ अंक बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक उपसमूहको परिसूचक २.३८ प्रतिशत बढेको छ भने अन्य उपसमूहको परिसूचक १.०७ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेका हुन्।

नेप्सेमा कुल ३०२ कम्पनीको १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब २५ करोडमाथिको सेयर कारोबार भएको छ। आज पनि सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ। यस कम्पनीको १७ करोड १७ लाख ६४ हजार ८ सय ८० रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया