कस्तो आउला ललिता निवासको फैसला?
- BFIS News
- 2024 Feb 15 07:42
विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा बिहीवार (आज) फैसला सुनाउने तयारी गरेको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला बुधवार तयार भई नसकेको हुनाले बिहीवार सुनाउने तयारी भएको हो।
विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दामाथि एक महीनादेखि जारी सुनुवाइ मंगलवार सकिएको थियो। सुनुवाइ सकिएपछि बुधवार फैसला सुनाउने भनिए पनि तयार नभइसकेको हुनाले बिहीवार सुनाउने तयारी भएको हो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)













.jpg)





प्रतिक्रिया