NIMB Header 2
Nepal Life

'इन्टर्नसिप' गर्न आएका चन्द्रशेखरन बने रतन टाटाको दाहिने हात

Muktinath Bank
  • BFIS News
  • 2024 Feb 15 08:53
'इन्टर्नसिप' गर्न आएका चन्द्रशेखरन बने रतन टाटाको दाहिने हात
National Life
Shikhar
NIMB

 

टाटा समूहको नेतृत्व सम्हालिरहेका एन चन्द्रशेखरन आज टाटा सन्सका अध्यक्ष हुन् तर टाटासँगको उनको सुरुवात इन्टर्नशिपबाट भएको थियो। उनले विगत सात वर्षदेखि समूहको नेतृत्व गर्दै आएका छन्। यति मात्र होइन, चन्द्रशेखरनलाई रतन टाटाको दाहिने हात पनि मानिन्छ। रतन टाटाले उनलाई धेरै विश्वास गर्छन्।

टाटा-सायरस मिस्त्री विवादका कारण एन चन्द्रशेखरनलाई टाटा सन्सको अध्यक्षको जिम्मेवारी दिइएको थियो। उनले कम्पनीलाई नयाँ उचाइमा पुर्‍याइदिए। आजको दिनसम्म आइपुग्दा कम्पनीको मूल्य १२८ अर्ब डलर पुगेको छ। 

सन् २०१९ मा चन्द्रशेखरनको तलब वार्षिक ६५ करोड रुपैयाँ थियो। त्यसपछि सन् २०२१-२२ मा यसलाई बढाएर १०९ करोड रुपैयाँ पुर्‍याइयो। त्यसबेला चन्द्रशेखरन देशकै सबैभन्दा बढी तलब पाउने बिजनेस एक्जिक्युटिभ भए। 

पाँच वर्षमा टाटा समूहको राजस्व ६.३७ लाख करोड रुपैयाँबाट बढेर ९.४४ लाख करोड रुपैयाँ पुगेको छ। २०१७ मा समूहको नाफा ३६ हजार ७२८ करोड रुपैयाँ थियो। चन्द्रशेखरनले कमाण्ड लिएपछि सन् २०२२ मा ६४ हजार २६७ करोड रुपैयाँ पुगेको थियो।

कसरी सुरु भएको थियो यो यात्रा?

कलेजको पढाइ पूरा गरेपछि चन्द्रशेखरनले १९८७ मा टाटा कन्सल्टेन्सी सेवामा इन्टर्नको रूपमा काम गर्न थाले। आफ्नो प्रतिभा र मिहिनेतका आधारमा उनले लगातार सफलता हात पारे। त्यसपछि कम्पनीले सन् २००७ मा उनलाई बोर्डमा राख्यो। त्यसपछि मात्रै उनलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो। सन् २००९ मा उनी टीसीएसको सीईओ बनेका थिए। उनी टाटा समूहको सबैभन्दा कान्छो उमेरको सीईओ बने।

एन चन्द्रशेखरनको जन्म सन् १९६३ मा तमिलनाडुको एक किसान परिवारमा भएको थियो। पढाइमा पनि उनी निकै मिहिनेती थिए। यससँगै उनी आफ्नो फिटनेसलाई लिएर पनि निकै सचेत थिए। जागिरमा निकै मिहिनेत गरे पनि उनले स्वास्थ्यमा कुनै सम्झौता गरेनन्। राति अफिसमा जतिसुकै समयसम्म काम गरे पनि उनी बिहानै ४ बजे दौडिन निस्कन्थे।

एन चन्द्रशेखरनकी पत्नीको नाम ललिता हो। उनका छोराको नाम प्रणव चन्द्रशेखरन हो। उनको करोडौंको सम्पत्ति छ। आज उनको वार्षिक तलब १०० करोडभन्दा बढी छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया