Nepal Life

निर्जीवन बीमा कम्पनीहरुले एक वर्षमा संकलन गरे  ४० अर्ब ७५ करोड बीमा शुल्क, पहिलो शिखर दोस्रो सलिको

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Mon 15:42
निर्जीवन बीमा कम्पनीहरुले एक वर्षमा संकलन गरे  ४० अर्ब ७५ करोड बीमा शुल्क, पहिलो शिखर दोस्रो सलिको
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९/८० मा ४० अर्ब ७५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । निर्जीवन बीमा कम्पनीहरु मध्ये सर्वाधिक धेरै शिखरले ५ अर्ब ५२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै दोस्रो नम्बरमा रहेको सगरमाथा लुम्बिनी ‘सलिको’ले ४ अर्ब ५५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

NIMB

तेस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियरले ४ अर्ब ५१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सर्वाधिक धेरै बीमा शुल्क आर्जन गर्ने दोस्रो र तेस्रो कम्पनी दुबैले मर्जर पश्चात उक्त बीमा शुल्क आर्जन गरेका हुन् । मर्जरका कारण लामो समय उनिहरुको व्यवसायमा असर पुगेको थियो । मर्जरमा गएका कम्पनीहरुले चालु आर्थिक वर्षमा आक्रामक रणनीति बनाएका छन् ।

गएको आर्थिक वर्षमा नेपाल इन्स्योर्न्स कम्पनीले एक अर्ब ५८ करोड, एक अर्ब ५२ करोड, राष्ट्रिय बीमा कम्पनीले २ अर्ब ३७ करोड, नेशनल इन्स्योरेन्स कम्पनीले एक अर्ब एक करोड, नेको इन्स्योरेन्स कम्पनीले २ अर्ब ९२ करोड, प्रभु इन्स्योरेन्स कम्पनीले एक अर्ब ६५ करोड, एनएलजीले २ अर्ब ४० करोड, हिमालयन एभरेष्टले २ अर्ब ६२ करोड , सानिमा जिआइसीले २ अर्ब ३२ करोड, आइएमई प्रुडेन्सियलले ३ अर्ब ३९ करोड, युनाइटेड अजोडले ३ अर्ब ४२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो तथ्याङ्क बीमा प्राधिकरणले स्थलगत निरीक्षणका क्रममा संकलन गरेको हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया