NIMB Header 2
Nepal Life

एनएलजी इन्स्योरेन्सको प्रस्तावित ५.७८ प्रतिशत लाभांश पारित

National Life
  • BFIS News
  • 2024 Feb 16 08:45
एनएलजी इन्स्योरेन्सको प्रस्तावित  ५.७८ प्रतिशत लाभांश पारित
Sanima Reliance
Shikhar
NIMB

एनएलजी इन्स्योरेन्सको १८ औं वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ। प्रस्तावित ५.७८ प्रतिशत लाभांश पारित भएको हो। 

योसँगै इन्स्योरेन्सका सेयरधनीले चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२८ प्रतिशत नगद लाभांश पाउनेछन्। बोनस पारितसँगै कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ९४ लाख रुपैयाँ पुगेको छ। 

तोकिएको २ अर्ब ५० करोड पुँजी पुर्‍याउन कम्पनीले ६६ प्रतिशत हकप्रद सेयर जारी गने विशेष प्रस्ताव पनि गरेको छ। उक्त प्रस्ताव सभाले पारित गरिसकेको र नेपाल धितोपत्र बोर्डको स्वीकृतिको लागि पेश गरिसकेको कम्पनीले जानकारी दिएको छ। 

सभाले कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को लागि श्री आर राजकर्णीकार एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षकमा नियुक्त गरको छ। 

हाल  कम्पनीको कुल बीमाशुल्क आम्दानी २ अर्ब ४० करोड, खुद बीमाशुल्क आम्दानी ७४ करोड २२ लाख र खुद नाफा २० करोड ८१ लाख रुपैयाँ छ। त्यस्तै, गत आर्थिक वर्षमा कम्पनीको पुनर्बीमा कमिशन आम्दानी ४.०९ प्रतिशतले बढेर ३५ करोड ४३ लाख रुपैयाँ पुगेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार