आगामी आर्थिक वर्षका लागि १८ खर्बको 'बजेट सिलिङ'

  • BFIS News
  • 2024 Feb Fri 12:43
आगामी आर्थिक वर्षका लागि १८ खर्बको 'बजेट सिलिङ'

काठमाडौं । आगामी आर्थिक वर्षका लागि रु १८ खर्बको बजेट सिलिङ तोकिएको छ । शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु १८ खर्बको बजेट सिलिङ तोकिएको जानकारी दिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले सरोकारवाला निकायबीच छलफल गरेर बजेटको सिलिङ तोकेको उनले जानकारी दिए ।

अर्थमन्त्री महतले अर्ध वार्षिक समीक्षामार्फत चालू आर्थिक बर्षको बजेटमा संशोधन गरिएको भन्दै यसलाई बजेट कटौती गरेको भन्न नमिल्ने जिकिर गरे । यसअघि अर्थमन्त्री महतले बजेटको मध्यावधि मूल्याङ्कन गर्दै मन्त्रालयले चालु वर्षका लागि विनियोजन गरेको बजेटको बजेटको लक्ष्य घटाएका थिए ।

उनले राजस्व र बजेट कार्यान्वयन प्रगतिको समीक्षा गरिएको बताउँदै अघिल्लो वर्षको तुलनामा १० प्रतिशत राजस्व वृद्धि भएको दावी गरे । उनले सरकारमाथि अस्वाभाविक दायित्व वृद्धिका कारण स्रोत व्यवस्थापनमा समस्या भएको बताए । अर्थमन्त्री महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुनै विवाद नभएको र अर्थ मन्त्रालयले प्रधानमन्त्री प्रचण्डसँगको छलफल र निर्देशनअनुसार काम गरिरहेको दाबी गरे ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया