Nepal Life

जीवन बीमा कम्पनीले एक वर्षमा बीमित सँग उठाएर एक खर्ब ४२ अर्ब बीमा शुल्क

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Mon 16:03
जीवन बीमा कम्पनीले एक वर्षमा बीमित सँग उठाएर एक खर्ब ४२ अर्ब बीमा शुल्क
Sanima Reliance

काठमाडौं । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले बीमितहरु सँग एक खर्ब ४२ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । कम्पनीहरुले प्रथम बीमा शुल्क आर्जन मात्रै ३१ अर्ब २० करोड संकलन गरेका छन् । जसमा एकल बीमा शुल्कको हिस्सा ४ अर्ब ३८ करोड मात्रै छ । एकल बाहेकको प्रथम बीमा शुल्क आर्जन भने २६ अर्ब ८१ करोड रहेको छ ।

NIMB

कम्पनीहरुको नविकरण बीमा शुल्क आर्जन एक खर्ब ११ अर्ब रुपैयाँ रहेको छ । जसमा सर्वाधिक धेरै नेपाल लाइफको ३७ अर्ब १६ करोड रुपैयाँ रहेको छ । त्यस्तै दोस्रो नम्बरमा रहेको एलआइसी नेपालले १७ अर्ब ४६ करोड आर्जन गर्दा नेशनल लाइफले १६ अर्ब ४१ करोड आर्जन गरेको छ । चौथो स्थानमा भने हिमालयन लाइफ रहेको छ । हिमालयन लाइफले १४ अर्ब ९४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

राष्ट्रिय बीमा संस्थानले ८३ करोड आर्जन गर्दा मेट लाइफको ५२ करोड मात्रै छ भने एशियनको ७० करोड छ । सूर्यज्योतिको पनि ८८ करोड १२ लाख रुपैयाँ रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया