Nepal Life

बचतकर्ताको एक अर्ब बढी रकम हिनामिनाको आरोपमा सुप्रिम सहकारीका अध्यक्ष पक्राउ

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Sat 13:02
बचतकर्ताको एक अर्ब बढी रकम हिनामिनाको आरोपमा सुप्रिम सहकारीका अध्यक्ष पक्राउ
Sanima Reliance

काठमाडौं । बचतकर्ताको एक अर्ब भन्दा बढी रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा पाण्डे चापागाईंलाई बुटवल प्रहरीले नियन्त्रणमा लिएको छ ।

NIMB

बचतकर्ताको एक अर्ब भन्दा बढी रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा पाण्डे चापागाईंलाई बुटवल प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका दुवैले गितेन्द्रबाबु राई नेतृत्वको सहकारी सुप्रिम मार्फत १० हजार ३ सय ९१ जना बचतकर्ताहरूको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७ सय २९ रुपैंयाँ रकम हिनामिना गरेको आरोप छ। 

इलाका प्रहरी कार्यालय बुटवलले लुम्बिनी प्रदेशको सहकारी रजिस्टार कार्यालयको प्रतिवेदन र बचतकर्ताहरूको उजुरीपछि अध्यक्ष गुरुङ र व्यवस्थापक पाण्डेयलाई शुक्रबार पक्राउ गरी अनुसन्धान सुरु गरीएको बताए ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया