Nepal Life

शिखर इन्स्योरेन्सले यस वर्ष लाभांश नदिने, यो पटक जगेडामा राखेर अर्को वर्ष आकर्षक लाभांश दिने

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Sun 11:04
शिखर इन्स्योरेन्सले यस वर्ष लाभांश नदिने, यो पटक जगेडामा राखेर अर्को वर्ष आकर्षक लाभांश दिने
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले यस वर्ष लाभांश नदिने भएको छ । कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफा सञ्चित जगेडा कोषमै सुरक्षित राख्ने निर्णय गरेको हो । 

NIMB

कम्पनीले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन नेपाल बीमा प्राधिकरणमा स्वीकृतिका लागि पठाएको छ । प्राधिकरणले लेखापरीक्षण स्वीकृत गरे पछि मात्रै साधारणसभा आह्वान गर्नेछ । 

कम्पनीले गएका वर्षमा लगातार लाभांश वितरण गर्दै आइरहेको थियो । बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी जुटाइसकेको हुँदा यस वर्ष लाभांश नदिने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफालाई सुरक्षित गर्दा प्रतिशेयर आम्दानी र जगेडा कोष दुबै राम्रो देखिने भएकाले पनि यस वर्ष होल्ड गरेको हो । 

कम्पनीले गएका वर्षमा पनि एक वर्ष विराएर आकर्षक लाभांश वितरण गर्दै आएको देखिन्छ । गएको वर्ष १६ प्रतिशत बोनस शेयर दिएको कम्पनीले त्यस भन्दा पहिला २९ प्रतिशत दिएको थियो । एक दशकमा कम्पनीले वितरण गरेको लाभांश हेर्ने हो भने कुनै पनि वर्ष २० प्रतिशत भन्दा कम दिएको छैन र अधिकतम ६३ प्रतिशतसम्म दिएको छ । 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया