Nepal Life

लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले पुवा खोला वान हाइड्रोपावरमा रणनीतिक लगानी  गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Sun 11:53
लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले पुवा खोला वान हाइड्रोपावरमा रणनीतिक लगानी  गर्ने
Sanima Reliance

काठमाडौं । एलएस (लक्ष्मी सनराइज) क्यापिटल कोष प्रबन्धक भएको  लक्ष्मी सस्टेनेबल एनर्जी फण्ड ले (LSEF) पुवा खोला–वान हाइड्रोपावर लिमिटेडमा रणनीतिक लगानीको सुरुवातसँगै दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण माइलस्टोन घोषणा गरेको छ । 

NIMB

उक्त सम्झौता—पत्रमा एलएस (लक्ष्मी सनराइज) क्यापिटलको तर्फबाट अध्यक्ष राजिब सापकोटा तथा पुवा खोला–वान हाइड्रोपावरको तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन् । 

विशिष्टीकृत लगानी कोष नियमावली २०७५ अन्तर्गत प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोष सञ्चालन गर्न कोष प्रबन्धकको इजाजतपत्र प्राप्त गर्ने पहिलो केही कम्पनीहरूमध्ये एलएस (लक्ष्मी सनराइज) क्यापिटल एक हो । एलएस (लक्ष्मी सनराइज) क्यापिटको पहिलो प्राइभेट  इक्विटी कोष हो।

कोषको आकार रु १ अर्व रहेको छ । LSEF बजारको तुलनामा उच्च प्रतिफल प्रदान गर्दै समाजमा प्रभाव पार्ने उद्देश्यले सुरु गरिएको कोष हो । एलएस (लक्ष्मी सनराइज) क्यापिटल मर्चन्ट बैक मध्ये प्राइभेट  इक्विटी कोष खोल्न स्वीकृति प्राप्त गरी  लगानी गर्ने पहिलो मध्येको एक मर्चेन्ट बैंक हो । यो कोषले मुख्यतया जलविद्युत, सौर्य र वायु ऊर्जालगायत दिगो ऊर्जा क्षेत्रमा लगानी गर्नेछ ।
पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले पुवा खोला जलविद्युत आयोजना निर्माण गरेको छ । यस आयोजनाले विद्युत उत्पादन थालिसकेको छ । इलाम जिल्लामा अवस्थित यस आयोजनाको उत्पादन क्षमता ४ मेगावाट रहेको छ । 

जिम्मेवार लगानीको प्रतिवद्धताको थप प्रमाणको रूपमा, एल एस  क्यापिटल प्रभाव व्यवस्थापनका लागि सञ्चालन Impact Management (Impact Principles), को एक  हस्ताक्षरकर्ता हो । जसले प्रभावकारी लगानी बजारमा अनुशासन, पारदर्शिता र विश्वसनीयता प्रवर्द्धन गर्ने विश्वव्यापी समुदायमा योगदान पुर्याउँछ । इम्प्याक्ट प्रिन्शिपल को पहिलो सचिवालय International Finance Corporation (IFC) ले आयोजना गरेको छ ।

  


    

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया