Nepal Life

यि हुन् सर्वाधिक महंगा १० कम्पनी, युनिलिभरको एक कित्ताकै ३७ हजार ३०० रुपैयाँ

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Mon 19:52
यि हुन् सर्वाधिक महंगा १० कम्पनी, युनिलिभरको एक कित्ताकै ३७ हजार ३०० रुपैयाँ
Sanima Reliance

काठमाडौं ।  युनिलिभल नेपालले दोस्रो बजारमा अलटाइम हाइको रेकर्ड बनाएको छ । गत साता सर्वाधिक धेरै ३९ हजार ९३० रुपैयाँ कायम भएको युनिलिभरको आज भने ३७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको एक वर्षको अवधिमा सर्वाधिक कम १६ हजार ५५६ रुपैयाँ थियो ।

NIMB

दोस्रो सर्वाधिक महंगो राष्ट्रिय बीमा कम्पनीको आज १६ हजार रुपैयाँमा कारोबार भएको छ ।  एक वर्षको अवधिमा सर्वाधिक धेरै १७ हजार १४० रुपैयाँ र सर्वाधिक कम १२ हजार २०० रुपैयाँसम्म झर्यो । त्यस्तै यसै कम्पनीको प्रोमोटर शेयरको बजार मूल्य १५ हजार ८०० रहेको छ ।

बोटलर्स नेपालको शेयर मूल्य १५ हजार ३८५ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै सर्वाधिका महंगा अन्य कम्पनीहरु साल्ट ट्रेडिङको ५ हजार ५२३ रुपैयाँ, विशाल बजारको ४ हजार २३० रुपैयाँ, आत्मनिर्भर लघु वित्तीको २ हजार ३८५ रुपैयाँ, हिमालयन डिष्ट्रिलरीको २ हजार ३२० रुपैयाँ, नागरिक लगानीकोषको २ हजार १६५ रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको २ हजार १५६ रुपैयाँ, महिला लघुवित्तको २ हजार १३० रुपैयाँ र जीवन विकास लघुवित्तको एक हजार ६६५ रुपैयाँमा कारोबार भएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया