Nepal Life

बुक विल्डिङ विधिमा भाग लिएका म्युचुअल फण्डले आरक्षणको आइपिओ नपाउने

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Sun 16:09
बुक विल्डिङ विधिमा भाग लिएका म्युचुअल फण्डले आरक्षणको आइपिओ नपाउने
Sanima Reliance

काठमाडौं । बुक विल्डिङ विधिमा भाग लिएका म्युचुअल फण्डले आरक्षणको शेयर नपाउने भएका छन् । यस भन्दा अगाडी बुक विल्डिङ विधिबाट आइपिओ निष्काशन गर्दा योग्य संस्थागत लगानीकर्ताको रुपमा आवेदन दिएका म्युचुअल फण्डले आरक्षणका रुपमा पाउने ५ प्रतिशत शेयरका लागि दावा गर्न नपाउने भएका हुन् । 

NIMB

सर्वोत्तम सिमेन्टले यहि फागुन १३ गतेदेखि आइपिओ निष्काशन गर्दैछ । त्यस्तै रिलायन्स स्पिनिङ मिल्सले पनि निष्काशन गर्दैछ । दुबैले बुक विल्डिङ विधिबाट प्राथमिक मूल्य निर्धारण गरिसकेका छन् । अव दुबै कम्पनीको शेयरमा आवेदन दिएका संस्थागत लगानीकर्ताहरु प्राथमिक बजारमा आवेदन दिन अयोग्य भएका हुन् ।  

बुक विल्डिङ विधिबाट आइपिओ बिक्री नहुने भन्ने हुँदैन । यदि सर्वसाधारण लगानीकर्ताहरुलाई शेयर आह्वान गर्दा प्रयाप्त आवेदन नपरेमा संस्थागत लगानीकर्ताहरुले खरिद गर्नु पर्ने हुन्छ । प्राथमिक मूल्य निर्धारण गर्नु अगाडी नै कम्पनीको शेयरका लागि बोलकबोल हुने भएकाले प्राथमिक बजारमा शेयर बिक्री नहुने भन्ने प्रश्नै उठ्दैन । 

बुक विल्डिङ विधिकै कारण सर्वोत्तम सिमेन्टले कम्पनीको शेयर मूल्य ६०१ रुपैयाँ निर्धारण गर्दा पनि ३६०.९० रुपैयाँमा बिक्री गर्नु पर्ने भएको छ । जवकी रिलायन्स स्पिनिङ मिल्सले ८२१ रुपैयाँमा बिक्री गर्दैछ । 

म्युचुअल फण्डले आरक्षणमा पाउने शेयरका विषयमा चौतर्फी विरोध हुने गरेको छ । फण्डहरुले आरक्षणमा पाएको शेयर सूचिकृत हुने वित्तीकै बिक्री गर्न थाले पछि ६ महिनाको लकिङ पिरियड तोकिएको छ ।

यदि प्राथमिक शेयर पुरै बिक्री भयो भने बुक विल्डिङ विधिमा भाग लिएका फण्डहरुले एक कित्ता पनि शेयर पाउने छैनन् । तर बिक्री नभएमा बिक्री नभएको शेयर उठाउनु पर्ने बाध्यता पनि रहन्छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया