Nepal Life

मर्जर पछि युनाइटेड अजोडको पहिलो साधारणसभा सम्पन्न, सञ्चालकमा खनाल सहित ५ जना निर्वाचित

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Sun 20:17
मर्जर पछि युनाइटेड अजोडको पहिलो साधारणसभा सम्पन्न, सञ्चालकमा खनाल सहित ५ जना निर्वाचित
Sanima Reliance

काठमाडौं । मर्जर पछि युनाइटेड अजोडले पहिलो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साविक युनाइटेड र अजोड मर्जर भएर बनेको युनाइटेड अजोडको ३० औं साधारणसभाले साविकका दुबै कम्पनीको लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ । 

NIMB

साधारणसभाले १० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश पारित गरेको छ । बोनस शेयर पारित भए सँगै कम्पनीको चुक्ता पूँजी एक अर्ब ९० करोडबाट २ अर्ब ९ करोड पुगेको छ । नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी जुटाउन कम्पनीलाई अझै ३९ करोड पूँजी आवश्यक पर्नेछ । 

आज सम्पन्न भएको साधारणसभाले संस्थापक समुहबाट तीन र सर्वसाधारण समुहबाट २ गरि ५ सञ्चालकको निर्वाचन सम्पन्न गरेको छ । संस्थापक शेयरधनी समुहबाट अजाद श्रेष्ठका साथै सिजि फुड्स नेपालको प्रतिनिधि प्रणव कुमार दास र चौधरी समुहबाट बलराम खनाल निर्वाचित भएका छन् । त्यस्तै सर्वसाधारण शेयरधनी समुहबाट पानु दत्त पौडेल र शम्भु अधिकारीको निर्वाचन भएका छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया