Nepal Life

युनाइटेड अजोडको सञ्चालकमा खनाल निर्वाचित, बैंक वित्तीय क्षेत्रमा डेढ दशक भन्दा धेरै अनुभव

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Sun 20:57
युनाइटेड अजोडको सञ्चालकमा खनाल निर्वाचित, बैंक वित्तीय क्षेत्रमा डेढ दशक भन्दा धेरै अनुभव
Sanima Reliance

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको सञ्चालक पदमा बलराम खनाल निर्वाचित भएका छन् । कम्पनीको ३० औं वार्षिक साधारणसभाले संस्थापक शेयरधनी समुह तर्फ चौधरी समुहबाट खनाललाई निर्वाचित गरेको हो । 

NIMB

बैंक वित्तीय क्षेत्रमा १५ वर्ष भन्दा लामो अनुभव हासिल गरेका खनाल चौधरी समुहमा कार्यरत छन् । कम्पनीमा चौधरी समुहको सर्वाधिक धेरै लगानी रहेको छ । आज सम्पन्न भएको साधारणसभाले संस्थापक समुहको तर्फबाट खनाल सहित सिजि फुड्स नेपालको प्रतिनिधि प्रणव कुमार दास र विद्यमान अध्यक्ष अजाद श्रेष्ठलाई निर्वाचित गरेको छ । श्रेष्ठ साविक अजोड इन्स्योरेन्स कम्पनीको समेत अध्यक्ष थिए । मर्जर पछि एक भएको कम्पनीको अध्यक्ष पद पनि श्रेष्ठले सम्हाल्दै आएका थिए । 

त्यस्तै सर्वसाधारण शेयरधनी समुहबाट पानु दत्त पौडेल र शम्भु अधिकारीको निर्वाचन भएका छन् । आज सम्पन्न भएको साधारणसभाले १० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश पारित गरेको छ । बोनस शेयर पारित भए सँगै कम्पनीको चुक्ता पूँजी एक अर्ब ९० करोडबाट २ अर्ब ९ करोड पुगेको छ । नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी जुटाउन कम्पनीलाई अझै ३९ करोड पूँजी आवश्यक पर्नेछ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया