Nepal Life

गर्वका साथ भन्न सक्छु ‘म जीवन बीमा कम्पनीको अभिकर्ता हुँ’

Global Ime detail Page
  • गिता कार्की काफ्ले
  • 2024 Feb Mon 07:50
गर्वका साथ भन्न सक्छु ‘म जीवन बीमा कम्पनीको अभिकर्ता हुँ’
Sanima Reliance

काठमाडौं । गर्व को साथ भन्छु ‘म बीमा कम्पनीको अभिकर्ता हुँ ।’ तपाईलाई लाग्ला मैले आफ्नो फाइदाका लागि बीमा गर्नुहोस् भनिरहेकी छु । मलाई पनि पहिला पहिला तपाईले सोचेको जस्तै लाग्थ्यो । जव मैले वास्तविकता थाहा पाए त्यस पछि म गर्वका साथ अभिकर्ता हुँ भन्न सक्छु । 

NIMB

जीवन अनिश्चित छ । सम्झनुहोस् त ‘तपाई अस्पतालमा प्राण घातक रोग लागेर जीवन र मृत्यु सँग लड्दै गर्दा, तपाइको जवान श्रीमतीले कसैलाई पैसा सापटी माग्ने बेला उस्ले भिख मागे झै सम्झौता गर्नु पर्यो भने तपाईको मन कस्तो होला ।’ यदि तपाईले समयमै जीवन बीमा गर्नु भएको थियो भने साहेद यस्तो दिन देख्नु पर्दैन थियो । र तपाईले मन मनै भन्नुहुनेछ ‘बीमा जाएज थियो मैले समय मै गराउनु पर्थ्यो ।’

जीवन लामो छ । आज पाखुरीमा बल छउन्जेल मलाई कसैले केहि पनि गर्न सक्दैन भन्ने लाग्छ । जव तपाईको उमेर ५० नाघ्न थाल्छ त्यस पछि तपाईको बल, जोस र हिम्मत सकिदै जान्छ । अनि त्यो बेला तपाईले बिहानै उठेर काममा जाँदै गर्दा सोच्नु हुन्छ ‘जवानीमा अलिलि जोगाएको भए । मेरा आगामी दिन कति सजिला हुने थियो ।’ जतिवेला अभिकर्ता साथिले तपाईलाई नेपाल लाइफको पेन्सन प्लान खरिद गरौ भनेको याद आउनेछ ।  

खासमा कसैको जीवनमा पनि यस्तो नहोस् । तर भवितव्य दुर्घटनामा परेर आफु ह्वील चियरमा रित्तो खल्ती लिएर बाहिर निस्किदै गर्दा सबैको गालि गलोज सुन्दा सुन्दा वाक्क हुँदा तपाईलाई कसो नलाग्दा ‘हिजो समयमा बीमा गरिएको थियो भने आज मेरो गोजी रित्तो त हुने थिएन ।’

सबैको जीवन सम्पन्नशाली हुँदैन । नेपालमा हामी कयौ यस्ता मानिसहरु छौ जसलाई दैनिक चलाउन पनि धौ धौ परिरहेको हुन्छ । यदि ठूलो रोग लागेर तपाई अस्पतालमा सुतिरहदा तपाईको बुढा/बुढी, आमा/बुबा बिहानै तपाइको फोटो देखाउदै पसल पसलमा पैसा माग्दै बेलुका थाकेको अनुहार लिएर तपाईको अगाडि आउदा त्यो बेला लाग्ला ‘कोहिले मेरो उपचार गर्न पैसा दिएपनी हुन्थ्यो ।’

दुर्घटनाको सिकार भएर कमाउन नसक्दा सधै केही गर्न नसक्ने बुढो बा बुढी कुरेर बस्नु भन्दा एक्लै ठिक भनेर तपाइको बुढा/बुढीले ‘डिबोर्स पेपर’ तयारी गर्दै गर्दा अलि अलि आर्थिक भाको भएनी सम्बन्ध जोगिन्थ्यो भन्ने बेला तपाइलाई  लाग्ला ‘बीमा ठिक रैछ ।’

तपाईले दुख गरेर जन्मिएको बच्चा पाल्न तपाईको बुढिले माईतमा गएर हात फिजाउन पर्ने अबस्था आउनु तपाईको नै हात हुने छ त्यो बेला लाग्ला ‘उमेरमा मैले अलिकती सोचेको भए ।’ जीवनमा यति धेरै दुर्घटना झेल्नु पर्छ त्यसलाई कसैले पनि देखेको हुँदैन । सबै कुरा सोचेको जस्तो हुँदै हुँदैन ।

तपाईले पाल्नु पर्ने तपाईंको बुढी आमा बुबा तपाई अकालमै केहि भयो भने पाल्ने जिम्मा कसको ? समाजमा यस्ता कयौ दुर्घटना छन् । जसलाई हामी हेरेर कति दुखी हुन्छौ । त्यस्तो कुरा हामी आफ्नो जीवनमा कल्पना पनि गर्न सक्दैनौ तर के थाहा भोलि आफुलाई पनि पर्न सक्छ कि ? त्यस्तो अवस्थामा आफ्नो परिवालाई संरक्षण गरिदिने कोहि पनि हुँदैन । कसैको दया मायाले केहि दिन चल्ला तर सधै सम्भव छैन । त्यसैले यस्ता सम्भावित जोखिमको एकमात्रै उपाय भनेको बीमा हो । जसले हरेक मानिसलाई आर्थिक रुपमा संरक्षण गर्छ । भोलि कसैले तपाई तथा तपाईको परिवारलाई २/५ सय रुपैयाँ दिएको फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरिदिदा तपाईको मन कति दुख्ला । सोच्नुहोस् तर जीवनमा कति धेरै अहसज परिस्थितिको समाना गर्नु पर्छ ।

त्यसैले म यस्तो पेशामा छु जसले भोलिको दिनमा बीमा गर्नेले भन्ने छ ‘फलानाले मलाई समयमै बीमा गराइदिएकै कारण मलाई यति सहज भएको छ ।’ हो यस्तै यस्तै धेरै समस्याबाट तपाइलाई जोगाउने काम गर्ने छु त्यसैले म छाती फुलाएर भन्छु म बीमा अभिकर्ता हुँ । सुरक्षित जीवन जीउन ‘जीवन बीमा’ आवश्यक छ । त्यसैले यी याबत कुरा ठिकै हुन भन्ने लागेमा बीमा सम्बन्धित अन्य कुरा बुझ्नु परेमा जीवन बीमा अभिकर्तालाई छिट्टै भेट्नुहोस् ।

यो पनि पढ्नुहोस्

नेपाल लाइफबाट नयाँ जीवन पाएकी गिता कार्कीको सफलता, सिन्धुलीबाटै चार वर्षदेखि एमडिआरटी बन्न सफल

(कार्की नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकी बरिष्ठ एजेन्सी म्यानेजर हुन् ।)

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया