Nepal Life

सूर्यज्योति लाइफले माघ महिना सम्ममा गर्यो ४३ करोड ९१ लाख दाबी भुक्तानी

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Tue 19:53
सूर्यज्योति लाइफले माघ महिना सम्ममा गर्यो ४३ करोड ९१ लाख दाबी भुक्तानी
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले माघ महिनासम्ममा ४३ करोड ९१ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । कम्पनीले यस अवधिमा ११ सय ४४ वटा पोलिसीको दाबी तिरेको गरेको हो । त्यस्तै माघ एक महिनामा मात्रै भने १९५ वटा पोलिसीको ८ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

NIMB

कम्पनीले मृत्यु दाबी भुक्तानी तथा पोलसी परिपक्व पश्चातको दाबी भुक्तानी गरेको हो । कम्पनीले दाबी भुक्तानीलाई विशेष प्राथमिकता दिदै आएको छ । हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी, हाम्रो साथ भन्ने नाराका साथ अगाडी बढिरहेको सूर्यज्योति लाइफले नेपाली परिवेशलाई सुहाउदा बीमा पोलिसीहरु जारी गर्दै आइरहेको छ ।

गएको वर्षको पुसमा साविक सूर्य लाइफ र ज्योति लाइफ मर्जर भएर बनेको सूर्यज्योति लाइफले पछिल्ला दिनमा आक्रामक रुपमा बजार विस्तार गर्दै आइरहेको छ । केहि समय पोष्ट मर्जरमा रुमलिएको कम्पनीले गत त्रैमाशिक अवधिमा उल्लेखनीय उपलब्धी हासिल गर्दै आइरहेको छ ।

मर्जर पश्चात कम्पनीले बीमा क्षेत्रकै बेञ्चमार्क बनाउने प्रण लिएको थियो । डेड दशकको अनुभवी सूर्य लाइफ र ५ वर्षको इनर्जेटिक ज्योति लाइफको मर्जरले विस्तारै सिनर्जी प्रदान गर्न थालेको छ । आर्थिक मन्दीका बाबजुद पनि उल्लेख्य मात्रामा व्यवसायिक उपलब्धी हासिल गर्दै आइरहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया