सामाजिक न्याय प्रति निजि क्षेत्र प्रतिवद्ध बनाऊ : ढकाल

  • BFIS News
  • 2024 Feb Tue 20:22
सामाजिक न्याय प्रति निजि क्षेत्र प्रतिवद्ध बनाऊ : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एउटा क्षेत्रको सुधारले मात्र सामाजिक न्याय सुनिश्चित गर्न सकिन्न, आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक सवै क्षेत्रमा समान अवसर र पंहूचले मात्र सामाजिक न्यायको अनुभुती हुने भएकाले हाम्रो साझा प्रयास र प्रतिवद्धता निकै महत्वपूर्ण भएको औंल्याएका छन् । 

उनले सामाजिक न्याय प्रति वढदो चासो र आवश्यकताका सम्वन्धमा निजी क्षेत्र पनि सजग र जिम्मेवार हुदै गएको छ जानकारी दिए । विश्वसामाजिक न्याय दिवस २०२४ को अवसरमा आयोजित कार्यक्रममा रोजगारदाताको तर्फवाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले प्रतिनिधित्व गरेका थिए ।

सो कार्यक्रममा ढकालले नेपालको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिकाका बारेमा पनि चर्चा गरेका थियो । उनले अर्थतन्त्रको ठूलो हिस्सा अनौपचारिक रहेको एवं वर्गिय, जातिय विविधता रहेको हाम्रो मुलुकको लागि Social Justice को प्रवर्द्धन र सुनिश्चितता चूनौतीपूर्ण रहेको जानकारी दिए। सामाजिक न्यायको अवधारणाले व्यापकता पाईरहेको सन्र्दभमा नेपालमा पछिल्ला वर्षहरुमा सामाजिक न्यायको लागि थुप्रै कामहरु भएका बिषय मा जानकारी दिए ।

आफ्नो मन्तव्य राख्ने क्रममा उनले सामाजिक न्याय प्रवर्द्धनका लागि शुरु भएको विभिन्न प्रयास र कार्यक्रममा निजी क्षेत्र सहभागी रहेको र सामाजिक न्यायको प्रवर्द्धनमा सहकार्य गर्न प्रतिवद्ध रहेको कुरा जानकारी दिए ।

ढकालले सामाजिक न्याय को लागि नीतिगत सुधार, कानून निर्माण र संस्थागत व्यवस्थामा निकै प्रगति भएको जानकारी दिए । उनले कार्यान्वयन पक्षमा देखिएका कमि कमजोरी हटाउन सकिएमा सामाजिक न्यायको अवस्थामा गुणात्मक सुधार हुने अपेक्षा गरेका कुरा जानकारी दिए । 

मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान गरिरहेको निजी क्षेत्र सामाजिक न्यायको प्रर्वद्धन गर्ने कार्यलाई पनि जिम्मेवारी पूर्वक निर्वाह गर्दै आएको ढकालले जानकारी दिए । उनले रोजगारदाता र श्रमिक वीच सहकार्य र समझदारी विना श्रम सम्वन्ध दिगो हुन सक्दैन, दिगो श्रम सम्वन्ध नभई सामाजिक न्यायका प्रयास अवरुद्ध हुने हुंदा सहकार्य र संवादलाई संस्थागत र वलियो वनाउन संयूक्त रुपमा काम गर्ने उदेश्यले हालै FNCCI र JTUCC वीच समझदारी पत्रमा हस्ताक्षर भएको जानकारी दिए । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया