Nepal Life

नेपाल लाइफले व्यतित बीमालेखमा चैत ६ गतेसम्म व्याज छुटको सुविधा दिने

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Tue 20:37
नेपाल लाइफले व्यतित बीमालेखमा चैत ६ गतेसम्म व्याज छुटको सुविधा दिने
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १८० दिन भन्दा बढि समयदेखि व्यतित बीमालेखको पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट दिने भएको छ । 

NIMB

कम्पनीले माघ २१ गतेसम्ममा व्यतित भएका बीमालेखहरुमा चैत ६ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण शुल्कमा लाग्ने विलम्ब शुल्कमा २० देखि ३० प्रतिशत छुट प्रदान गरिएको कम्पनीले जनाएको छ । १८० दिन भन्दा माथि ३ वर्षसम्म व्यतित भएका बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ३० प्रतिशत, ३ वर्षदेखि ५ वर्षसम्मको विलम्ब शुल्कमा २५ प्रतिशत र ५ वर्ष भन्दा माथि व्यतित भएका बीमालेखमा भने २० प्रतिशत छुट दिनेछ ।

शर्तहरु :
१) यस योजनामा समावेश भएका बीमालेखहरु पुनर्जागरणको मिति देखि १ वर्ष भित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिनेछ ।
२) एक पटक विलम्ब शुल्कमा छुट लिई सकेका बीमितहरुलाई पूरा बीमा अवधिभरी पुनः छुट दिइने छैन ।
३) बीमालेख १८० दिन भन्दा बढि समय व्यतित भएको हुनुपर्दछ । 

विलम्ब शुल्कमा छुट सुविधा प्राप्त गर्नका लागी बीमालेख पुनर्जागरण मितिबाट बीमा अवधी समाप्त हुन २ वर्ष भन्दा बढी अवधि बाँकी भएको हुनुपर्नेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया