Nepal Life

सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाइ सहयोग प्रदान  

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Wed 17:42
सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाइ सहयोग प्रदान   
Sanima Reliance

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मिति २०८० फाल्गुन ९ मङ्गलबारका दिन जन्मजात अथवा कुनै भबितब्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई रु १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको छ ।  

NIMB

रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिब नाथ पाण्डेले उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् । कार्यक्रममा कम्पनीको डेपुटी सि ई ओ नीराजन कंडेल, एरिया म्यानेजर ईशा प्रधान लगाएतको उपस्थिति रहेको थियो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ५ ओटा कृत्रिम खट्टाहरू  र ३ ओटा कृत्रिम हातहरू प्रदान गरेको थियो । जनताको दुखमा कम्पनीको साथ रहेको र यस्ता खालका कार्यक्रमले कम्पनी सामाजिक उत्तरदायित्व बहन गर्ने एक जिम्मेवार कम्पनीको रूपमा प्रस्तुत गरेको छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया