मर्जरको फाइदा बीमा कम्पनीका कर्मचारीलाई, साउनदेखी सबैको तलब सुविधा थपिदै

  • BFIS News
  • 2023 Jul Tue 21:34
मर्जरको फाइदा बीमा कम्पनीका कर्मचारीलाई, साउनदेखी सबैको तलब सुविधा थपिदै

काठमाडौं । मर्जर पछि बीमा कम्पनीका कर्मचारी मालामाल भएका छन् । दुई छुट्टा छुट्टै कम्पनी मर्जर हुँदा कम तलव सुविधा हुने कम्पनीका कर्मचारीले सर्वाधिक धेरै लाभ उठाएका हुन् । नेपाल बीमा प्राधिकरणले परिपत्र जारी गर्दै मर्जरका क्रममा कुनै पनि कम्पनीले कर्मचारीहरुले खाइपाइआएको तलब सुविधा घटाउन नपाउने व्यवस्था गरिदिएको थियो । तर मर्जरमा गएका दुई कम्पनीहरुका कर्मचारीको तलब सुविधामा एकरुपता ल्याउनु पर्ने हुन्छ ।

तलब सुविधामा एकरुपता ल्याउने वित्तीकै जुन कम्पनीको तलब सुविधा छ कम्पनिहरुलाई बढि हुने कम्पनीकै सरह दिनु पर्ने हुन्छ । परिपत्रमा स्पष्ट सँग खाइपाइआएको तलब सुविधा घटाउन पाइदैन भनिएको हुँदा धेरै हुने कम्पनीको तलब सुविधा थोरै हुने कम्पनीका कर्मचारी सरह समायोजन  गर्नै पर्छ ।

यसले गर्दा दुई कम्पनी मध्ये जसको धेरै तलब सुविधा छ त्यहि तलब सुविधा सबैका लागि लागु हुन्छ । कुनै कुनै कम्पनीका कर्मचारीहरुले मेडिकल, पोषाक, अन्य अलाउन्सेसको सुविधा पाउने गरेका थिएनन् भने उनिहरुले मर्जर हुने वित्तीकै अर्को कम्पनीको सरह पाएका हुन् ।

अधिकाम्स बीमा कम्पनीहरुले मर्जर भए पनि गत आर्थिक वर्षमा बढाएका थिएनन् । तर धेरैले यहि साउनदेखि लागु हुने गरी तलब भत्ता समायोजन गरेका छन् । यसरी तलब समायोजन हुने क्रममा थोरै प्राप्त गर्नेहरु खुसी भएका छन् भने तुलनात्मक रुपमा धेरै हुनेहरुले पनि फरक किसिमले सुविधा लिएको बुझिएको छ ।

धेरै तलब सुविधा हुने कम्पनीहरुले कर्मचारीहरुको ग्रेडिङ बढाएका छन् । यसरी कम्पनीहरुले कर्मचारीहरुको ग्रेडिङ बढाइदिएर आगामी वर्षमा बढुवा तथा अन्य सेवा सुविधाको बाटो खोलिदिएका हुन् ।

कम्पनीहरुमा करोडौको खर्च भार थपियो

हिजोका दिनमा थोरै तलब सुविधा दिएर खर्च कटौती गर्दै आएका कम्पनीहरुको मर्जर पनि भने कर्मचारी खर्चमा व्यावक बृद्धिभएको छ ।  यस्ता धेरै कम्पनी छन् जसले आज पनि राम्रो र आकर्षक तलब सुविधा दिइरहेका छैनन् । कर्मचारीको खर्च कटौती गरेर मुनाफा देखाउने प्रयास गरिरहेका थिए ।   

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया