Nepal Life

रिलायबल नेपालको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, तपाईले भर्नु भयो ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Wed 05:01
रिलायबल नेपालको आइपिओमा आवेदन दिने आज अन्तिम दिन, तपाईले भर्नु भयो ?
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफले वैदेशिक रोगजारीमा गएका नेपालीका लागि निष्काशन गरेको आइपिओ आजदेखि बिक्री बन्द गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीका लागि असार २६ गतेदेखि बिक्री खुला गरेको थियो ।

NIMB

हालसम्म २५ हजार ५५४ जनाले १८ लाख ५२ हजार कित्ताको लागि आवेदन दिएका छन् । उनिहरुका लागि १२ लाख कित्ता शेयर सुरक्षित गरिएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँमा आइपिओ निष्कासन गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्कासन गरिरहेको छ । सोमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको हो ।

त्यसैगरी, निष्कासन गरिने कुल सेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि (प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले) छुट्याइएको छ । बाँकी रहेको ९६ लाख कित्ता सेयर कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्नेछ ।

कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीलाई केयर रेटिङ नेपालले 'केयर एनपी त्रिपल बी प्लस इस्युअर रेटिङ' प्रदान गरेको छ। यसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको जनाउँछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया