साधारणसभा पुसभित्रै सक्नुपर्ने, नसके बैंक बीमाका सिइओ आफैले तिर्नु पर्ने

  • BFIS News
  • 2023 Jul Wed 10:27
साधारणसभा पुसभित्रै सक्नुपर्ने, नसके बैंक बीमाका सिइओ आफैले तिर्नु पर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुलाई कम्पनी रजिष्ट्रारको कार्यालयले यहि पुस मसान्त भित्रमा साधारणभसा सम्पन्न नगरेमा सम्बन्धी प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालकहरुले हर्जानाको भरपाइ गर्नु पर्ने भएको छ ।

कम्पनी ऐन अनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रका साधारणसभा सम्पन्न गरिसक्नु पर्छ । यदि यस अवधिमा सम्पन्न नगरेमा कम्पनीले हर्जना तिर्नु पर्नु पर्छ । तर सञ्चालक तथा प्रमुख कार्यकारीहरुले आफ्नो गल्तीको भरपाइ भने कम्पनीबाट गराउदै आएका थिए ।

अझ बीमा कम्पनीहरुमा यसको समस्या धेरै छ । अधिकाम्स जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको लेखापरीक्षण समेत तयार पार्न सकेका छैनन् । नेपाल बीमा प्राधिकरणले पटक पटक ताकेता गर्दा पनि कम्पनीहरुले साधारणसभा त के लेखापरीक्षण समेत तयार पार्न सकेका छैनन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया