प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाइ नियुक्त

  • BFIS News
  • 2024 Mar Fri 15:57
प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाइ नियुक्त

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईलाई नियुक्त गरेको छ । कम्पनीले आगामी चार वर्षका लागि प्रसाईलाई नियुक्त गरेको हो । 

कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा प्रसाइलाई नियुक्त गरे सँगै अव नेपाल बीमा प्राधिकरणबाट स्विकृति लिनु पर्नेछ । प्रसाइ यस भन्दा अगाडी साविक प्रमुख लाइफको प्रमुख कार्यकारी अधिकृत थिए । 

चार्टर्ड एकाउन्टेन्ट प्रसाइले नेपाल बीमा प्राधिकरणबाट बीमा क्षेत्रमा प्रवेश गरेका थिए । बीमा प्राधिकरणबाट नेपाल लाइफ प्रवेश गरेका उनले केहि समय प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेर बाहिरिएका थिए । उनि नेपाल लाइफ पछि प्रभुको प्रमुख कार्यकारी अधिकृत भएका उनि साविक प्रभु र महालक्ष्मीको मर्जर पछि बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत थिए । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार