Nepal Life

सगरमाथा लुम्बिनीको परिपालन अधिकृतमा बासुदेव जोशी नियुक्त

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Wed 17:45
सगरमाथा लुम्बिनीको परिपालन अधिकृतमा बासुदेव जोशी नियुक्त
Sanima Reliance

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी ‘सलिको’ले परिपालन अधिकृतमा बासुदेव जोशीलाई नियुक्त गरेको छ । कम्पनीले बीमा ऐन २०७९ को दफा ७० तथा बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा २३ बमोजिम बीमकले व्यवस्थापन स्तरको परिपालना अधिकृत नियुक्ति गर्नु पर्ने व्यवस्था छ ।

 

NIMB

यसै व्यवस्था अनुसार कम्पनीले हालसम्म परिपालना अधिकृतको रुपमा सहायक प्रवन्धक भगवान व्यापक गौडेलले कार्यभार सम्हाल्दै आएका थिए । कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले परिपालना अधिकृतमा बरिष्ट प्रवन्धक बासुदेव जोशीलाई सोही मितिबाट लागु हुने गरी नियुक्त गरेको हो । जोशी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको बरिष्ठ प्रवन्धक पदमा कार्यरत छन् भने उनको शैक्षिक योग्यता स्नातकोत्तर रहेको छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया