Nepal Life

अर्थमन्त्री महतको कार्यकालमा पूँजी बजारको सम्झिन लायक एउटै काम भएन, तुलसीराम ढकालको विचार

Global Ime detail Page
  • तुलसीराम ढकाल
  • 2024 Mar Mon 19:03
अर्थमन्त्री महतको कार्यकालमा पूँजी बजारको सम्झिन लायक एउटै काम भएन, तुलसीराम ढकालको विचार
Sanima Reliance

काठमाडौं । नेपालको पूँजी बजार अहिले धेरै नै धरासायी अवस्थामा रहेको छ । यस्तो हुनुमा निवर्तमान अर्थमन्त्री डा. प्रकाश शरण महतको कार्यशैली नै प्रमुख कारण हो ।

NIMB

नेपाल कांग्रेस जस्तो प्रजातान्त्री दलको नेता भएर पनि उहाँले सधै लगानीकर्तालाई उपहास गर्नु भयो । कहिल्यै पनि लगानीकर्ताको कुरा सुन्न नचाहने स्वभावले गर्दा नै उहाँ पूँजी बजारको दृष्टिकोणबाट असफल अर्थमन्त्रीका रुपमा चिनिनु भएको छ । यसैले गर्दा उहाँ जादै गर्दा शेयर बजारमा सकारात्मक सर्किट लाग्यो । यसबाट पनि पुष्टि हुन्छ उहाँ कत्तीकै पूँजी बजार मैत्री अर्थमन्त्री हो भनेर ।

अर्थमन्त्री महतलेले आम लगानीकर्तालाई विश्वासमा लिएर लगानी मैत्री वातावरण बनाउनु पर्नेमा उहाँले सक्नु भएन । उहाँको कार्यकालमा पूँजी बजार मात्रै होइन समग्र अर्थन्त्र नै धरासायी बन्न पुग्यो । अर्को तर्फ उहाँको पूँजी बजार प्रति हेर्ने दृष्टिकोण एकदमै नकारात्मक रह्यो । जहाँ जादा पनि पूँजी बजारको विषयमा नकारात्मक भाषण गर्ने स्वभावले लगानीकर्ताको मनोबल कमजोर बन्यो ।

पूँजी बजारका लगानीकर्ताको कुरै नसुन्ने र जुनसुकै भेटमा टकटकिएर पन्छिने स्वभावका कारणले गर्दा उहाँको कार्यकालमा कुनै पनि सम्झिन लायकका काम भएन । अर्को कुरा उहाँलाई लगानीकर्ता चाहिदो रहेनछ । समग्रमा भन्नु पर्दा उहाँले हामी लगानीकर्ताको विश्वास जित्न सक्नु भएन ।

अहिले जुन किसिमले गठबन्धन बनेको छ अव मुलुकले नयाँ अर्थमन्त्री पाउनेछ । आम लगानीकर्ता उद्योगी व्यवसायीहरुको पिर मर्का बुझ्नुहुनेछ भन्ने आशा राखेका छौ । अहिले अर्थतन्त्र धेरै नै डामाडोल छ ।

मिटर व्याज पिडित, सहकारी पिडित, लघुवित्त वित्तीय संस्था पिडितहरु सडकमा छन् । यसरी विभिन्न माग राखेर आन्दोलनरत पक्षहरुलाई वार्तामा बोलाएर समस्याको समाधान गर्नु पर्ने जिम्मेवारी अव आउने अर्थमन्त्रीको काधमा आएको छ ।

नेपाल राष्ट्र बैंकले २०७८ साल भदौ ८ गते ल्याएको मौद्रिक नीतिको प्रहारलाई गएका अर्थमन्त्रीले करेक्सन गर्न सक्नु भएन । उक्त मौद्रिक नीतिले पूँजी बजारलाई गरेको प्रहारको सुनुवाइ गर्ने जिम्मेवारी पनि अव आउने अर्थमन्त्री समक्ष आइपुगेको छ ।

अझै पनि राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सिमा हट्न सकेको छैन । ४ करोडको सिमालाई १५/२० करोडमा झारिए पनि यो लगानीकर्ता मैत्री छैन । अहिले पनि शेयर धितो कर्जाको रिष्क वेटेज (भारित औषत) २५ प्रतिशत छ । जसको कारणले गर्दा लगानीयोग्य रकम बाहिर आउन सकेको छैन । अव आउने अर्थमन्त्रीले गभर्नर ज्यू सँग समन्वय गरेर यसमा करेक्सन गर्नु पर्ने छ ।

गभर्नर महाप्रसाद अधिकारीले अहिलेसम्म पनि लगानीकर्तालाई भेट्नु भएको छैन । गभर्नर सधै पूँजी बजार प्रति नकारात्मक हुने त्यसमा पनि अर्थमन्त्रीले लगानीकर्तालाई संबोधन नगर्दा लगानीकर्ताहरुले टुहुरो महशुस गर्नु पर्यो ।

अहिले पनि नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त हुन सकेको छैन । अध्यक्षका लागि विज्ञापन त आएको छ तर अझै कति समय लम्बिने हो पत्तो छैन । त्यसैले अव आउने अर्थमन्त्रीले अविलम्ब नयाँ अध्यक्षको नियुक्तीलाई टुङ्गोमा पुर्याउनु पर्नेछ ।

अव आउने अर्थमन्त्रीले लगानीमैत्री वातावरण बनाउनु पर्नेछ । उद्योगी व्यवसायीलाई धरपकड गरेर उद्योग मैत्री वातावरण नै धमिल्याउने काम भएको छ । लगानीकर्ता, उद्योगी, व्यवसायीलाई विश्वासमा लिएर लगानीमैत्री वातावरण बनाउने तर्फ पनि अव आउने अर्थमन्त्रीले सोच्नु पर्नेछ । नेपालले छिट्टै अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गर्दैछ । अन्तर्राष्ट्रिय लगानीकर्तालाई भित्र्याउन पनि अर्थमन्त्रीको पहिलो भुमिका लगानीमैत्री वातावरण बनाउनुपर्नेछ । यति भयो भने मात्रै लगानीकर्ता भित्रिने छन् ।

यि सबै कुराहरु राम्रो भयो भने शेयर बजारले आफ्नै गति पक्रिनेछ । पूँजी बजार डिम्याण्ड र सप्लाइमा भर पर्ने भएकाले बजारको सुधार आफ्नै गतिमा अगाडी बढ्नेमा कुनै संकोच छैन । विगतका दिनमा गभर्नर र अर्थमन्त्रीको जुगाको लडाइले पूँजी बजारमा धेरै असर पुर्यायो । अवका दिनमा यस्तो नहोस् । अव आउने अर्थमन्त्री ज्यूलाई अग्रिम शुभकामना । पूँजी बजारले कम्तिमा पनि सास फेर्न पाओस । आम लगानीकर्ताले आफु सुरक्षित छु भन्ने महशुस होस् ।

यसका साथै समग्र अर्थतन्त्र चलायमान भयो भने मात्रै पूँजी बजार चलायमान हुने हो । त्यसैले पूँजी बजार सुधारका लागि सबैभन्दा पहिला अर्थतन्त्रका सबै सूचकमा सुधार देखिनु पर्छ । अव आउने अर्थमन्त्रीले राम्रो सँग टेकओभर गर्नुहुन्छ भन्ने आशा छ ।

(ढकाल नेपाल इन्भेष्टर फोरमका अध्यक्ष हुन् । उनि मुक्तिनाथ कृषि कम्पनी, चिलिमे हाइड्रोपावर लगायतका धेरै वटा कम्पनीमा सञ्चालक छन्)

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया