NIMB Header 2
Nepal Life

गार्डियन माइक्रोलाइफको लोभलाग्दो सुरुवात, अनुभवी नेतृत्वको प्रविधिमैत्री कार्यशैली: मोबाइलबाटै बीमा गर्न सकिने

National Life
  • अरुण सापकोटा
  • 2024 Mar 11 21:54
गार्डियन माइक्रोलाइफको लोभलाग्दो सुरुवात, अनुभवी नेतृत्वको प्रविधिमैत्री कार्यशैली: मोबाइलबाटै बीमा गर्न सकिने
Sanima Reliance

काठमाडौं । ‘हुने विरुवाको चिल्लोपात’ भने झै निम्न आय वर्गका मानिसहरुलाई समेट्ने उद्देश्यसहित स्थापना भएको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना सम्पुर्ण सेवा सुविधालाई पुर्ण रुपमा डिजिटलाइज बनाएको छ ।

Shikhar
NIMB

जीवन बीमा गर्दा बीमा कम्पनीका फारम भर्नेदेखि लिएर विभिन्न कागजात जुटाउनु पर्ने झण्झटलाई निराकरण गर्दै मोबाइल, ल्यापटप तथा कम्प्युटरबाट नागरिकताको फोटो अपलोड गरेको आधारमा १० मिनेटमा बीमा गर्न सकिने व्यवस्था रहेको भन्दा जो कोहीलाई अचम्म लाग्छ । तर गएको असारमा उद्घाटन भएको गार्डियन माइक्रो लाइफले आफ्ना सम्पुर्ण सेवा सुविधालाई ‘पेपर लेस’ बनाउदै पुर्ण रुपमा डिजिटलाइज बनाएको छ ।  

बीमा क्षेत्रमा धेरै लामो अनुभव संगालेका नेतृत्वको प्रविधिमैत्री कार्यशैलीले मोबाइलबाटै पोलिसी खरिद गर्नेदेखि लिएर दाबी भुक्तानीको सम्पुर्ण प्रकृयाँ अगाडी बढाउन सकिने व्यवस्थाले सबैलाई चकित बनाएको छ । कम्पनीको मोबाइल एप तथा कम्प्युटर ल्यापटपबाट न्युनतम जानकारी उपलब्ध गराइ राष्ट्रिय परिचयपत्र, लाइसेन्स तथा नागरिकता मध्ये कुनै एउटा फोटो लपलोड गरेको आधारमा उत्तीनै खेर बीमा पोलिसी प्राप्त गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले बताए ।

बीमा क्षेत्र किन प्रविधिमैत्री बन्न सकेन भनेर बहस हुँदै गर्दा गार्डियनले भने यथार्थमा परिणत गरिदिएको छ । सामान्यतया अन्य बीमा कम्पनीबाट जीवन बीमा गर्दा धेरै वटा फारम भर्नु पर्छ । यसका लागि बीमा कम्पनीको शाखा कार्यालयमै उपस्थिति हुनु पर्छ या त बीमा अभिकर्तालाई बोलाएर सम्पुर्ण विवरण उपलब्ध गराउनु पर्छ । यस्तो काम गर्न समय लाग्नुका साथै झण्झटिलो प्रकृयाँ अपनाउनु पर्छ ।

आज हामी एक क्लिकमा हरेक कुराहरु खोजिरहेका हुन्छौ । यहि अवस्थालाई नजिकबाट नियाली रहेका कम्पनीका अनुभवी नेतृत्वले यसलाई यथार्थमा परिणत गर्दै घर तथा कार्यकक्षमा बसेर आफुले चाहेको जुनसुकै समयमा मोबाइलबाटै पोलिसी खरिद गर्न सक्ने बनाउनु पक्कै पनि जीवन बीमा क्षेत्रका लागि क्रान्ति नै हो ।

गार्डियन आफैमा माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी यसले जारी गर्ने पोलिसी पनि धेरै साना साना हुन्छन् । यसले गर्दा बीमितलाई कार्यालयमा आउनु पर्ने खर्च पनि जोगियोस भन्ने उद्देश्यका साथ मोबाइलबाटै चाहेको समयमा चाहेको पोलिसी खरिद गर्न सकिने व्यवस्था मिलाएको भण्डारी बताउछन् । उनले थपे ‘हामीले जारी गर्ने पोलिसी धेरै सानो सानो हुन्छ । यति साना पोलिसीका लागि पनि बीमितलाई नजिकको कार्यालयमा आउदा पनि खर्च हुन्छ । अर्को तर्फ हामीले सामान्य नागरिकतालाई नै आधार मानेर बीमा गर्दै आइरहेका हुन्छौ भने यहि प्रकृयाँ अनलाइनबाटै अगाडी बढाउदा धेरै कुराको बचत हुन्छ ।’

कम्पनीले ग्रामिण क्षेत्रमा गएर बीमा पोलिसी बिक्री गर्नु पर्छ । जहाँबाट भौतिक रुपमा कागजपत्र जुटाउने काम पक्कै पनि सहज छैन । यसले गर्दा मोबाइल नै बीमितका लागि बीमा कम्पनी हो ।  

लघु जीवन बीमा कम्पनीले अधिकतम ५ लाख भन्दा माथिको बीमा पोलिसी बिक्री गर्न पाउदैनन् । यसले गर्दा कम्पनीले धेरै भन्दा धेरै पोलिसी जारी गर्नु पर्ने हुन्छ । यसरी पोलिसी धेरै जारी गर्दा पुराना कम्पनीकै कार्यशैली अपनाउने हो भने कम्पनीले सञ्चालन खर्च पनि धान्न नसक्ने भण्डारी बताउछन् । कम्पनीले जति थोरै कम खर्च गर्न सक्छ त्यसको अन्तिम फाइदा बीमितले नै पाउने हो ।

कम्पनीले नेपाल बीमा प्राधिकरणबाट ५ वटा पोलिसी बिक्री गर्ने स्वीकृति पाइसकेको छ । यस मध्ये हाल तीन वटा पोलिसी मात्रै सक्रिय छन् । बाँकी दुई पोलिसीको स्वीकृति केहि दिन अगाडी मात्रै प्राप्त भएको हुँदा यसलाई बजारमा ल्याउने तयारी भइरहेको कम्पनीका सूचना अधिकारी ज्योति प्रकाश पाण्डेले जानकारी दिए ।

कम्पनीले माइक्रो ट्रम इन्स्योरेन्स प्लान, दीर्घायु बचत लघु जीवन बीमा योजना र ग्रुप ट्रम इन्स्योरेन्स प्लान बिक्री गरिरहेको छ । अवधिक जीवन बीमा अन्तर्गत व्यक्तिगत र सामुहिक दुबै किसिमको छ भने सावधिक जीवन बीमा अन्तर्गत कम्पनीले बोनसदर नै सुनिश्चित गरेर ल्याएको छ ।

माइक्रोइन्स्योरेन्स कम्पनीले राम्रो बोनसदर दिन सक्दैनन् भन्ने आरोपलाई चिर्दै १६ वर्षमा बीमाङ्कको दोब्बर प्रतिफल सुनिश्चित गर्दै दीर्घायु बचत लघु जीवन बीमा योजना ल्याएको हो । यो पोलिसीमा बीमितलाई बोनसदर कति आउला भन्ने चिन्ता गरिरहनु नपर्ने सिइओ भण्डारीले जानकारी दिए ।

दीर्घायु बचत लघु जीवन बीमा योजना

यस बीमालेखमा कम्पनीले बीमा अवधि समाप्ति पछिको प्रतिफलमा सुनिश्चित गरेको छ । जीवन बीमा पोलिसीमा बीमितले पाउने प्रतिफल हरेक वर्षको बोनसदरका आधारमा निर्धारित हुन्छ । यस्तो दर कम्पनी पिच्छे फरक हुन्छ । नयाँ कम्पनीहरुको बोनसदर एकदमै कम हुन्छ भन्ने कथलाई चिर्दै कम्पनीले १६ वर्षमा प्रतिफल दोब्बर हुने गरी यो पोलिसीको डिजाइन गरेको हो ।

बीमितले १२ वर्ष र १६ वर्ष अवधि मध्ये कुनै एउटा स्किम चयन गर्न सक्ने छन् । न्युनतम १० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको बीमा गर्न सकिने कम्पनीका सूचना अधिकारी पाण्डेले जानकारी दिए ।

बीमितले १२ वर्ष अवधिको बीमा पोलिसी खरिद गर्दा एक वर्ष, ६ वर्ष, ८ वर्ष र १० वर्षको अवधिसम्ममा बीमा शुल्क भुक्तानी गर्ने सुविधा रहेको छ । त्यस्तै १६ वर्ष अवधिको बीमा पोलिसी खरिद गर्नले एक वर्ष, ६ वर्ष, ९ वर्ष र १२ वर्षको अवधिसम्म मध्ये कुनै एक चयन गरी सोही अवधिसम्म मात्रै बीमा शुल्क भुक्तानी गर्न सक्ने छन् ।

१२ वर्ष अवधिको बीमा पोलिसी खरिद गर्नेले बीमाङ्कको ११० प्रतिशत र १६ वर्षे बीमा पोलिसी खरिद गर्नेले १२० प्रतिशत सुनिश्चित गरेको छ । यस बाहेक १२ वर्ष अवधिको बीमा पोलिसीमा ४० रुपैयाँ प्रति हजार प्रति वर्षका दरले र १६ वर्ष अवधिको बीमा पोलिसीमा ५० रुपाँ प्रति हजार प्रति वर्षका दरले बोनसदर सुनिश्चित गरिएको सूचना अधिकारी पाण्डेले बताए । यसरी दुई तरिकाबाट १६ वर्ष अवधिको हकमा बीमितले बीमाङ्कको दोब्बर र १२ वर्ष अवधिको हकमा बीमितले लगभगत १६० प्रतिशत भन्दा माथिको प्रतिफल पाउने छन् । बीमा पोलिसी खरिद गरेको तीन वर्ष पछि बीमालेख धितोमा राखेर बीमालेख धितोकर्जा लिन सकिनेछ ।  

गार्डियन लघु म्यादी जीवन बीमा

नेपाल सरकारको लक्ष्य एवं  नेपाल बीमा प्राधिकरणको उद्देश्य अनुरुप न्यून आय भएका व्यक्ति, गरिवीको रेखामुनी रहेको वर्ग, विपन्न वर्ग, श्रमिक वर्ग लगायतका नागरिकहरुलाई बीमा सेवा प्रदान गर्न यसले मद्दत पुर्याउने कम्पनीले जनाएको छ । न्युनतम १८ वर्षदेखि ६५ वर्ष उमेरका एक वर्ष अवधिको यो पोलिसी खरिद गर्न सक्ने छन् । न्युनतम ५० हजारदेखि ५ लाख रुपैयाँ बीमाङ्कको बीमा गर्न सकिनेछ ।

सामान्य खर्चमा दुर्घटना मृत्यु लाभ, किरिया खर्च बापतको सुविधा र दुर्घटनाको कारण पूर्ण रुपमा अशक्त तथा अंगभंगको करार सुविधा लिन सकिन्छ । कम्पनीले अन्य नयाँ नयाँ इनोभेटिभ प्रोडक्ट ल्याउने तयारी गरिरहेको छ । जसले धेरै भन्दा धेरै मानिसहरु माझ पुगेर बीमाको पहुँच विस्तारमा मद्दत पुर्याउने लक्ष्य लिएको छ ।

सहज अभिकर्ता लाइसेन्स

अन्य जुनसुकै बीमा कम्पनीबाट अभिकर्ता लाइसेन्स लिएकाले पनि लघु जीवन बीमा कम्पनीको अभिकर्ता लाइसेन्स लिन पाउने छन् । यसका लागि कम्पनीका शाखा तथा उप शाखा कार्यालयमा पुगेर लाइन्सेन्स लिन सकिने पाण्डेले जानकारी दिए । अन्य कम्पनीमा काम गरिरहेकाले पनि गार्डियनमा अभिकर्ताको काम गर्न पाउने भएकाले घरमै बसी बसी बीमा गराउन सक्ने सुविधा रहेको उनले बताए । बीमा ऐन अनुसार अभिकर्ताले एउटा भन्दा धेरै कम्पनीबाट अभिकर्ताको लाइसेन्स नै लिन नपाउने व्यवस्था छ । तर लघु बीमाको हकमा यो नियम लागु हुँदैन ।

कम्पनीले अभिकर्ता मार्फत नै दुरदराजका नागरिकमाझ पुग्ने लक्ष्य लिएको छ । मोबाइलबाटै बीमा गर्न सकिने भएकाले बीमितहरुलाई शाखाको आवश्यकता नै पर्ने छैन । एक हिसावले अभिकर्ताहरु नै बीमा कम्पनीको हकमा शाखा सरह हुन जानेछ । यसरी प्रविधिको क्षेत्रमा छलाङ मारेको कम्पनीले नेपाल बीमा प्राधिकरण तथा सरकारको नीति अनुरुप बीमाको बजार विस्तारमा उल्लेख्य भुमिका खेल्ने देखिएको छ ।

ठूला घरानका विभिन्न व्यक्तिसहित कूल ४४ जनाको लगानी रहेको गार्डियनले २०८१/८२ मा प्राथमिक शेयर निष्काशन गर्ने योजना बनाएको छ । कम्पनीमा शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा लगायतका विभिन्न व्यवसायी तथा व्यक्तिहरुले यो कम्पनीमा लगानी गरेका छन् । यस हिसावले पनि कम्पनी बलियो रहेको पुष्टी हुन्छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया