Nepal Life

किन घटाए अधिकांश बैंकले मुद्दती निक्षेपको ब्याजदर, तरलता नै हो त मूख्य कारण?

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Wed 10:31
किन घटाए अधिकांश बैंकले मुद्दती निक्षेपको ब्याजदर, तरलता नै हो त मूख्य कारण?
Sanima Reliance

काठमाडौं। अधिकांश वाणिज्य बैंकहरुले चैत महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर घटाएका छन्। बैंकहरुले मुद्दती निक्षेपको ब्याजदरमा कटौती गरेका छन्।

NIMB

चैत महिनाका लागि एनआइसी एसिया बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएको छ भने प्रभु बैंक र ग्लोबल आइएमई बैंकले भने फागुन महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका छन्। बैंकको गलत प्रचारवाजीकाबीच केही निक्षेप झिकिएपछि एनआइसी बैंकले तरलताको सहज व्यवस्थापन गर्न ब्याजदर बढाएको देखिन्छ। प्रभु र ग्लोबल आइएमइले फागुनकै दरलाई निरन्तरता दिएका छन्। बाँकी १७ बैंकले भने घटाएका छन्।

बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.५ प्रतिशत विन्दुले घटेको छ। फागुन महिनामा २० वटै वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत रहेकोमा चैत महिनाका लागि भने ७.२५ मा झरेको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैंकहरुले ब्याजदर घटाउँदै लगेका हुन्।

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा संस्थागत र व्यक्तिगतको अन्तर १ प्रतिशत हुने व्यवस्था गरेपछि केही बैंकको संस्थागततर्फको ब्याजदर भने बढेको देखिन्छ।

बैंकहरूले घटाएको ब्याजदर चैत १ गतेदेखि लागू हुनेछ।

सिद्धार्थ बैंक - सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशत घटाएर ७.५ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत बढाएर ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको थियो।

सिटिजन्स बैंक -  सिटिजन्स बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशत घटाएर ७.७५ प्रतिशत र संस्थागततर्फ ०.३५ प्रतिशत बढाएर ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ८.२५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर तोकेको थियो।

नबिल बैंक - नबिल बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशत घटाएर ७.२५ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत बढाएर ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ७.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर तोकेको थियो।

एनआइसी एसिया बैंक - एनआइसी एसिया बैंकले व्यक्तिगततर्फ ०.५५ प्रतिशत बढाएर ८.५४८ प्रतिशत र संस्थागततर्फ १.५५ प्रतिशत बढाएर ७.५४८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको थियो।

नेपाल एसबिआई बैंक - नेपाल एसबिआई बैंकले व्यक्तिगततर्फ १.०९ प्रतिशत घटाएर ७.०१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर तोकेको छ। यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ८.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर तोकेको थियो।

कुमारी बैंक - कुमारी बैंकले व्यक्तिगततर्फ ०.५० प्रतिशत घटाएर ७.५१ प्रतिशत र संस्थागततर्फ ०.५० प्रतिशत बढाएर ६.५१ प्रतिशत ब्याजदर तोकेको छ। यसअघि फागुनमा व्यक्तिगततर्फ ८.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर निर्धारण थियो।

एनएमबि बैंक - एनएमबि बैंकले व्यक्तिगततर्फ १.५ प्रतिशत घटाएर ७ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत घटाएर ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ८.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर तोकेको थियो।

लक्ष्मी सनराइज बैंक - लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ०.५० प्रतिशत घटाएर ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। यसअघि फागुनमा व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याज प्रदान गरेको थियो।

प्राइम बैंक - प्राइम बैंकको मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.१५ प्रतिशत घटेर ७.२५ प्रतिशत तोकेको छ भने संस्थागततर्फ ०.८५ प्रतिशत बढेर ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। यसअघि फागुनमा संस्थागततर्फ ५.४ प्रतिशत र व्यक्तिगततर्फ ७.४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो।

कृषि विकास बैंक - कृषि विकास बैंकको संस्थागततर्फ ०.०७ प्रतिशत बढेर ४.५१ प्रतिशत र व्यक्तिगततर्फ ०.७८ प्रतिशत घटेर ५.६६६१ प्रतिशत ब्याज प्रदान गर्नेछ। यसअघि फागुनमा बैंकले संस्थागततर्फ ४.४४३ प्रतिशत र व्यक्तिगततर्फ ६.४४३ प्रतिशत ब्याजदर तोकेको थियो।

प्रभु बैंक - प्रभु बैंकले व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ १ प्रतिशत बढाएर ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर तोकेको थियो।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक - नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ १ प्रतिशत घटाएर ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको थियो।

सानिमा बैंक - सानिमा बैंकले व्यक्तिगततर्फ ०.२६ प्रतिशत घटाएर ७.२५ प्रतिशत र संस्थागततर्फ ०.७४ प्रतिशत बढाएर ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। यसअघि बैंकले फागुनमा व्यक्तिगततर्फ ७.५१ प्रतिशत र संस्थागततर्फ ५.५१ प्रतिशत ब्याजदर निर्धारण थियो।

राष्ट्रिय वाणिज्य बैंक - राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ०.३५ प्रतिशत घटाएर ७ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ७.३५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर निर्धारण थियो।

नेपाल बैंक - नेपाल बैंकले ०.२५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। यसअघि फागुनमा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको थियो।

ग्लोबल आइएमई बैंक - ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ७.६ प्रतिशत र संस्थागततर्फ १ प्रतिशत बढाएर ६.६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। फागुनमा बैंकले व्यक्तिगततर्फ ७.६ प्रतिशत र संस्थागततर्फ ५.६ प्रतिशत ब्याजदर तोकेको थियो।

स्ट्याण्डर्ड चार्टर्ड बैंक - स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ०.३५ प्रतिशत घटाएर ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ७.३५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो।

हिमालयन बैंक - हिमालयन बैंकले व्यक्तिगततर्फ ०.६५ प्रतिशत घटाएर ७.५ प्रतिशत र संस्थागततर्फ ०.१५ प्रतिशत घटेर ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ। यसअघि फागुनमा व्यक्तिगततर्फ ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो।

एभरेष्ट बैंक - एभरेष्ट बैंकले व्यक्तिगततर्फ ०.१५ प्रतिशत घटाएर ६.५ प्रतिशत र संस्थागततर्फ ०.५ पतिशत घटाएर ५.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। यसअघि फागुनमा व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो।

मछापुच्छ्रे बैंक - मछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत घटाएर ७.७५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। यसअघि फागुनमा व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार