NIMB Header 2
Nepal Life

घुस नदिइकन र मध्यस्थता नभइकन ऋण पाइँदैन भन्ने आरोप सुन्न नपरोस् : गभर्नर अधिकारी

Muktinath Bank
  • BFIS News
  • 2024 Mar 16 14:23
घुस नदिइकन र मध्यस्थता नभइकन ऋण पाइँदैन भन्ने आरोप सुन्न नपरोस् : गभर्नर अधिकारी
Everest Bank

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्क तथा वित्तीय क्षेत्रबाट भइरहेको लगानी उत्पादनशील क्षेत्रमा र मुलुकको अर्थतन्त्रलाई योगदान गर्ने क्षेत्रमा जानुपर्ने गरी वित्तीय र मौद्रिक नीति अबलम्बन गरिएको बताएका छन्। राष्ट्रिय वाणिज्य बैंकले आज काठमाडौंमा आयोजना गरेको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’ मा बोल्दै उनले यस्तो बताएका हुन्।

Shikhar
NIMB

“बैङ्किङ क्षेत्रले ठूलो स्रोत परिचालन गरिरहेको छ। त्यसको दुरुपयोग हुन दिनु भएन। उत्पादनमूलक क्षेत्रमा लगानी होस् र उत्पादन बढोस्। अनुत्पादक क्षेत्रमा कर्जा नजाओस्”, गभर्नर अधिकारीले भने, “राष्ट्रिय स्वार्थमा र उत्पादन वृद्धिमा सहयोग पुग्नेगरी बैङ्किङ क्षेत्रले काम गर्नुपर्छ।” उत्पादन क्षेत्रमा लगानी बढोस् भनेर नियामकबाट क्षेत्रगत कर्जाको प्रावधान राखिएको गभर्नर अधिकारीले बताए।

पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थालाई समस्या पर्नेगरी विभिन्न क्षेत्रबाट भइरहेका आक्रमणलाई निस्तेज पार्न बैकिङ क्षेत्रले थप इमानदार र जिम्मेवार भएर काम गर्नुपर्नेमा उनले जोड दिए। बैङ्कको सबैभन्दा ठूलो सम्पत्ति भनेको उसले ग्राहकबाट पाउने विश्वास भएको गभर्नर अधिकारीले बताए। “नागरिकको बचत सुरक्षणको दायित्व हामीले लिएका छौँ। हाम्रो इमान्दारी महत्वपूर्ण छ। तपाईंहरुले ग्राहकको विश्वास आर्जन गर्नेगरी काम गर्नुहोस्”, गभर्नर अधिकारीले भने, “घुस नदिइकन ऋण पाइँदैन, मध्यस्थता नभइकन ऋण पाइँदैन भनेर आरोप लाग्ने गरेको छ। तर यस्ता आरोप थप सुन्नु नपरोस्।” बैङ्किङ क्षेत्रका साना कमजोरी र घटनाले पनि बैङ्कलाई ठूलो समस्या पार्नसक्नेतर्फ उनले सचेत गराए।

दिगो र हरित पूर्वाधारमा लगानी नेपालको प्राथमिकतामा रहेकोमा त्यसलाई बैङ्क तथा वित्तीय संस्थाले पनि प्राथमिकतामा राखेर कर्जा विस्तार गरिनुपर्ने गभर्नर अधिकारीको भनाइ छ। बैङ्क तथा वित्तीय संस्थाबाट भइरहेको लगानीले मुलुकको अर्थतन्त्र विस्तारमा ठूलो योगदान गरिरहेको उल्लेख गर्दै उनले आफूले लगानी गर्दा बैङ्क तथा वित्तीय संस्थाले प्राकृतिक प्रकोप र विपद्का चुनौती बारे सजग हुनुपर्ने बताए।

नेपालको दोस्रो वाणिज्य बैङ्कका रुपमा स्थापित सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैङ्कका तथ्याङ्क हेर्दा विगतका वर्षमा धेरै आरोह अवरोह भोगेको उल्लेख गर्दै गभर्नर अधिकारीले अहिले बैङ्कको वित्तीय स्थास्थ्य निकै मजबुद रहेको र बजारमा प्रतिस्पर्धी बैङ्कका रुपमा स्थापित भएको बताए। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया