NIMB Header 2
Nepal Life

नेरुडे मिर्मिरे लघुवित्तको सिइओमा भोजराज बस्याल नियुक्त

National Life
  • BFIS News
  • 2024 Mar 17 11:55
नेरुडे मिर्मिरे लघुवित्तको सिइओमा भोजराज बस्याल नियुक्त
Sanima Reliance

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा भोजराज बस्याल नियुक्त भएका छन्। मर्जरपश्चात कायम भएको संस्थाको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले बस्याललाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनले आजैदेखि कार्यभार सम्हालेका छन्।

Shikhar
NIMB

सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा तुलसी राम पाठकलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। यस्तै बैठकले संस्थापक समूहका ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी कुल ६ जना नयाँ सञ्चालक नियुक्त गरेको छ। जसमा सन्तोष फुयाँल, मणि कुमार अर्याल, दिप ब.श्रेष्ठ र सुरेन्द्र राज भट्टराई संस्थापक समूहबाट र सुधिर कुमार श्रेष्ठ र सञ्जु घिमिरे सर्वसाधारण समूहबाट सञ्चालक नियुक्त भएका छन्।  

साविकका नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तले गत फागुन ३० गतेदेखि एकीकृत कारोबारको थालनी गरेका थिए।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया