Nepal Life

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त सूचीबाट हटाउन माग

NMB Bank
  • BFIS News
  • 2024 Mar 21 17:21
लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त सूचीबाट हटाउन माग
National Life

काठमाडौं । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले ललितपुरस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त सूचीबाट हटाउन माग गरेको छ।

Shikhar
NIMB

संघले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सो सहकारीलाई समस्याग्रस्त घोषणा गरेकोमा संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै समस्यागाग्रस्त सहकारीबाट हटाउन माग गरेको हो । संघले मन्त्रालयले गरेको उक्त निर्णय तत्काल फिर्ता लिनसमेत आग्रह गरेको छ ।

सहकारी संस्थाहरुलाई समस्याग्रस्त घोषणा गर्नु मात्र समस्या समाधान नभएको हुँदा, सहकारी विभाग तथा मन्त्रालयको उक्त कामलाई पुनःविचार गरी निर्णय फिर्ता लिन संघले आग्रह गरेको हो। मन्त्रालयसँग छलफलकै क्रममा रहेको अवस्थामा मन्त्रालयले हचुवाको भरमा समस्याग्रस्त घोषणा गरिएको विज्ञप्तीमा उल्लेख छ।

सहकारी संस्थाको दैनिक कार्यलाई निरन्तरता दिँदै संस्था सञ्चालनमा रहेको तथा सदस्यहरुको बचत फिर्तालाई विशेष ध्यान दिँदै सोही अनुरुप पहल गरी बचत फिर्ता गर्दै आइरहेको संघले जनाएको छ।

मन्त्रालयले सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम गत फागुन २९ गते सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो। सोहि ऐनको दफा १११(१) बमजिम सो सहकारी संस्थाको सञ्चालक समिति, व्यवस्थापन तथा कर्मचारीको अधिकार स्वतः निलम्बन हुने पनि मन्त्रालयले जनाएको छ।

यस्तै समस्याग्रस्त घोषित संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि समितिको कार्यालयसँग मात्र काम कारवाही गर्न पनि यसअघि जारी सूचनामा आदेश भएको थियो भने सञ्चालक र कर्मचारीले समितिसमक्ष उपस्थित भइ आवश्यक सहयोग गर्न, ऋणी सदस्यहरुले समितिमा सम्पर्क राखि ऋण भुक्तानी गर्न साथै साविक सञ्चालक र कर्मचारीसँग भुक्तानी सम्बन्धी कारोवार नगर्न निर्देशन दिइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया