Nepal Life

आगामी वर्षमा आकर्षक लाभांश दिने प्रतिवद्धता व्यक्त गर्दछौ, शिखर इन्स्योरेन्सका सिइओ पाण्डेको विचार

Global Ime detail Page
  • दिप प्रकाश पाण्डे
  • 2024 Mar Fri 17:45
आगामी वर्षमा आकर्षक लाभांश दिने प्रतिवद्धता व्यक्त गर्दछौ, शिखर इन्स्योरेन्सका सिइओ पाण्डेको विचार
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लि. को १९ औ वार्षिक साधारणसभाको अवसरमा आदरणीय शेयरधनी महानुभावहरू, संचालक समिति कर्मचारी मित्रहरू तथा आमन्त्रित महानुभावहरूमा हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु।

NIMB

शिखर इन्स्योरेन्सले स्थापनाको २० औं वर्षमा यात्रा गरिरहंदा नेपालमा बीमाको पहुँच अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुयाउन सफल भएका छौं। देश भर बीमाको पहुँच अभिवृद्धि गर्नका लागि दुर्गम भेगमा समेत शाखा विस्तार गरी ४० प्रतिशत महिला कर्मचारी सहित ६४२ कर्मचारी मार्फत ११५ वटा शाखा कार्यालयबाट बीमा सेवा प्रदान गर्दै आएका छौं।

यस यात्रामा हाल देशकै दुर्गम प्रदेश कर्णाली प्रदेशका सबै १० वटा जिल्लाहरू सहित देशको ६७ जिल्लाहरूमा शाखा विस्तार गरिसकेका छौं । आगामी दिनमा अन्य बांकी जिल्लाहरू तथा दुर्गम क्षेत्रहरूमा समेत थप शाखा कार्यालय, उपशाखा कार्यालय तथा एक्सटेन्सन काउण्टरको माध्यमवाट बीमा सेवाको विस्तार गर्ने लक्ष्य रहेको छ।

दुर्गम भेगमा बीमा सेवा पुयाउँदा सुरुका वर्षहरूमा लागत तथा प्रशासनिक खर्च बढ्न जाने तथा तुलनात्मक रुपमा दावी अनुपात समेत अधिक हुने कारण कम्पनीको सरदर नाफा अनुपात कम हुने कारण सुरुका केही वर्षहरूमा कम्पनीको खुद नाफामा प्रभाव परे तापनि दिर्घकालीन रुपमा यसले कम्पनीको वित्तीय अवस्थालाई थप सबल गर्न तथा कम्पनीको साखलाई वृद्धि गर्न मद्दत मिल्ने अपेक्षा रहेको छ।

नेपाल सरकारबाट कृषि बीमाको अनुदान रकम प्राप्त हुन विलम्ब भए तापनि कम्पनीले राष्ट्रको आवश्यकतालाई महसूस गर्दै कृषि तथा पशुपंक्षी बीमालाई देशव्यापी विस्तार गर्दै आएका छौं। कृषि बीमाको अनुदान प्राप्त हुन भएको ढिलाईका कारण कम्पनीको लगानी आम्दानीमा असर गरे तापनि कम्पनीले कृषि तथा पशुपंक्षी बीमाको विस्तार मार्फत देशभर बीमाको पहुँच अभिवृद्धि गर्नु तथा देशको खाद्य आत्मनिर्भरताको मार्गमा योगदान पुयाउन सफल भएको हामीले महसूस गरेका छ ।

कम्पनीले हरेक वर्ष नयाँ नयाँ बीमालेख मार्फत नेपालको बीमाको दायरालाई फराकिलो पार्दै आएको समेत जानकारी गराउन चाहन्छु र आउँदा दिनहरूमा विकसित प्रविधिको उच्चतम् प्रयोग गरी बीमाको पहुँचलाई सहज तथा सरल गर्ने योजना रहेको समेत जानकारी गराउन चाहन्छु यसवाट दीर्घकालीन रुपमा बीमाको पहुँच सरल, सहज तथा मितव्ययी हुने विश्वास लिएको छु ।

बीमाको सेवा मार्फत मात्र नभई पूर्वाधारको विकासमार्फत समेत राष्ट्र निर्माणमा योगदान गर्ने उद्देश्य सहित कम्पनीले आफ्नो कुल लगानीको करिव ६ प्रतिशत लगानी गरी कृषि तथा पूर्वाधार क्षेत्रमा लगानीको शुभारम्भ गरेका छौं । पूर्वाधार क्षेत्रमा गरिएको लगानीले तत्काल प्रतिफल नदिएपनि ती लगानीहरूबाट आगामी वर्षहरूमा दीर्घकालीन रुपमा आकर्षक प्रतिफल प्राप्त हुनेमा विश्वस्त छु । कम्पनीले बीमा जोखिम तथा अन्य जोखिमहरूको उचित रुपमा व्यवस्थापन गर्दै आइरहेको छ ।

जसको प्रत्यक्ष असर कम्पनीको पुनर्बीमा खर्च, प्रशासनिक खर्च तथा कर्मचारी खर्चमा पर्दछ जोखिम व्यवस्थापनमा हुने खर्चले तत्काल कम्पनीको खुद नाफालाई असर गरे तापनि यसले कम्पनीको स्थायित्वलाई टेवा पुयाई शेयरधनी महानुभावहरूको लगानीको सुनिश्चिता प्रदान गर्ने आत्मविश्वास आदरणीय शेयरधनी महानुभावहरूलाई दिन चाहन्छु । कम्पनीले अवलम्बन गरेको जोखिम व्यवस्थापनको अभ्यास तथा अन्य कार्ययोजनाहरूकै कारण यस कम्पनी नेपालमा इका नेपालबाट "ए प्लस" को रेटिङ प्राप्त गर्न सफल एक मात्र कम्पनीका रुपमा रहेको सगौरव जानकारी गराउन चाहन्छु।

नेपालको निर्जीवन बीमा क्षेत्रमा विभिन्न कम्पनीहरू एक आपसमा मर्ज भई एकीकृत कारोवार गरिसकेको अवस्थामा समेत कम्पनीले नेपालको निर्जीवन बीमा क्षेत्रमा आफ्नो व्यावसायिक अग्रतालाई कायम राख्न सफल रहँदै आएको छ । कम्पनीले अन्य वीमा कम्पनीहरूसंग मर्ज नगरी ने नियमनकारी निकायवाट तोकिएको न्यूनतम चुक्ता पूँजी कायम गर्नका लागि आदरणीय शेयरधनी महानुभावहरूको योगदानको कदर गर्दै शेयरधनी महानुभावहरुलाई आकर्षक प्रतिफल प्रदान गर्ने तथा लगानीको सुनिश्चितताको लागि व्यवस्थापन पक्ष सदैव कतिवद्ध रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।

आ.व. २०७९/८० मा कम्पनीबाट विगतमा शेयर प्रिमियमको रकमबाट जारी गरिएको बोनस शेयरमा आर्थिक ऐन, २०५० को व्यवस्था बमोजिम कर खर्च लेखाकंन गर्दा कम्पनीको खुद नाफामा कमी आएको छ जसको कारण कम्पनीको लाभांश सम्बन्धी निर्णयमा समेत प्रभाव परेको जानकारी गराउन चाहन्छु। आउँदो दिनहरूमा कम्पनीको व्यवसाय वृद्धिमा वप अग्रसर रही आकर्षक प्रतिफल प्रदान गर्न म लगायत मेरा व्यवस्थापन समूह तथा सम्पूर्ण कर्मचारी वर्ग प्रतिवद्ध रहेको जानकारी गराउन चाहन्छु ।

अन्त्यमा कम्पनी संचालनमा अभिभावकको भूमिका निर्वाह गर्नुहुने संचालक समिति, पूर्व अध्यक्ष एवं पूर्व संचालक तथा कम्पनीको विकासको लागि अमूल्य सुझावहरू प्रदान गर्दै आउनु भएका शेयरधनी महानुभावहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । साथै कम्पनीलाई निरन्तर साथ र सहयोग प्रदान गर्नुहुने नेपाल बीमा प्राधिकरण अन्य नियमनकारी निकायहरू, कर्मचारी साथीहरू कम्पनीसंग निरन्तर सहकार्य गर्नुहुने बैंक तथा वित्तीय संस्थाहरू पुनर्वीमकहरू तथा पुनर्वीमा खोकर, एजेन्ट, सर्भेयर तथा कम्पनीलाई विश्वास गरी सेवाको मौका प्रदान गर्नुहुने सम्पूर्ण ग्राहक महानुभावहरू लगायत कम्पनीलाई सहयोग पुयाउनुहुने अन्य सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद ।

(शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले कम्पनीको १९ औं वार्षिक साधारणसभाको अवसरमा दिएको मन्तव्यका आधारमा तयार पारिएको)

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया