Nepal Life

बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका कार्यान्वयन हुन सकेन, संशोधनको तयारी

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Sun 18:29
बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका कार्यान्वयन हुन सकेन, संशोधनको तयारी
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जारि गरेको ‘बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका २०७९’ व्यवहारिक रुपमा कार्यान्वयन हुन नसके पछि संशोधनको तयारी गरिएको छ । नेपाल बीमा प्राधिकरणले २०७९ फागुन १६ गते पहिलो पटक शाखा सम्बन्धी निर्देशिका जारी गरेको थियो । प्राधिकरणले गत असार मसान्त भित्रमा तोकिएका मापदण्ड पुरा गर्न समय दिएको थियो । तर प्राधिकरणले दिएको समयमा कार्यान्वयन भने हुन सकेन ।

NIMB

उक्त निर्देशिकामा रहेका मापदण्डलाई लिएर बीमा कम्पनीहरुले सुरुवाति दिनदेखिनै विरोध गर्दै आइरहेका थिए । विद्यमान अवस्थामा उक्त निर्देशिका कुनै पनि हालतमा व्यवहारिक नभएको उनिहरुको ठहर छ । नयाँ मापदण्ड अनुसार शाखा कार्यालय सञ्चालन गर्दा करोडौ रुपैयाँको आर्थिक भार थपिने हुँदा यसका मापदण्ड घटाउनु पर्ने उनिहरुको सुझाव छ ।

निर्देशिकामा सम्पुर्ण बीमा कम्पनीहरुले प्रादेशिक कार्यालय खोल्नु पर्ने र त्यसको छुट्टै मापदण्ड तोकेको थियो । तर कतिपय बीमा कम्पनीहरुको एउटा प्रदेशमा तीन चार वटा पनि शाखा कार्यालय छैन । यसरी तीन चार वटा शाखा कार्यालयलाई हेर्न महंगो प्रादेशिक संरचना बनाउन नसकिने अडान राखेका छन् । उनिहरुले प्रादेशिक कार्यालयको मापदण्डमा पनि संशोधन गर्न प्राधिकरणलाई सुझाव दिएका छन् ।

निर्देशिकामा शाखा कार्यालयमा कम्तिमा पनि ५ जना कर्मचारी हुनु पर्ने व्यवस्था छ । तर दुर्गमका शाखा कार्यालयमा ५ जना कर्मचारी राख भन्नु आफैमा व्यवहारिक नभएको उनिहरुको भनाइ छ । त्यसैले स्थान अनुसार कर्मचारीको मापदण्ड तोक्नु पर्ने भन्दै प्राधिकरणले आन्तरिक रुपमा छलफल सुरु गरेको छ ।

निर्देशिका अनुसार प्रदेश कार्यालयको हकमा कम्तिमा व्यवस्थापकीय तहको प्रमुख र अधिकृत तथा अन्य कर्मचारी गरि कम्तिमा सात जना हुनुपर्छ । शाखा कार्यालयको हकमा कम्तिमा अधिकृत तहको कर्मचारी प्रमुख र अन्य कर्मचारी गरी कम्तिमा ५ जना र उपशाखा कार्यालयको हकमा कम्तिमा तीन जना कर्मचारी र कार्यबोझ हेरी आवश्यकता अनुसार अधिकृत तथा कर्मचारी रहने व्यवस्था छ । अहिलेको अवस्थामा काठमाडौं उपत्यका भित्रका शाखा कार्यालयमै सहायक स्तरका कर्मचारीबाट सञ्चालन भइरहेको छ ।

बीमा कम्पनीहरुले काठमाडौं भन्दा बाहिरका शाखा कार्यालय एक जनाबाट सञ्चालन गर्दै आइरहेको भन्दै प्राधिकरणले शाखा कार्यालयको निश्चित मापदण्ड तोक्ने क्रममा निर्देशिका नै जारी गरेको हो । भौतिक संरचनाका विषयमा भने प्राधिकरणले लचकता नअपनाउने जनाएको छ । कर्मचारीका विषयमा भने केहि लचक हुन खोजेको हो । मापदण्ड नै कार्यन्वयन नहुनु भन्दा कार्यान्वयन हुने किसिमका मापदण्ड बनाउने भन्दै छलफल भएको एक अधिकारीले जानकारी दिए । उनले भने ‘यो छलफलकै विषय भएकाले मापदण्ड परिवर्तन नै गर्ने या नगर्ने विषयमा निर्णय नै भइसकेको छैन ।‘

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया